पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।
उपप्रधानमन्त्री खड्कासँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गर्नुभएको छ ।
म्यान्माका ब्रिगेडियर जनरलको गोली हानी हत्या
हेलिकप्टर अवतरणको तयारीमा रहेको बेला एक ब्रिगेडियर जनरलसहित म्यान्मा सुरक्षा सेवाका चार सदस्यको सोमबार स्नाइपर हमलामा गोली हानी हत्या गरिएको सैन्य स्रोतले एएफपीलाई बताएको छ ।
बङ्गलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बङ्गलादेशको प्रधानमन्त्रीमा शेख हसिना पुनः निर्वाचित भएपछि प्रधानमन्त्री दाहालले उहाँलाई पठाएको बधाई सन्देशमा बङ्गलादेशको नेतृत्वसँग मिलेर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु, कैयौँ घाइते
अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकाले जानकारी गराएको छ ।
चीन र थाइल्याण्ड भिसामुक्त युगमा प्रवेश
चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिकरूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताउनु भएको छ । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
भेनेजुएलाविरुद्ध प्रतिबन्ध लगाउने अमेरिकी तयारी
भेनेजुएलाको सर्वोच्च अदालतले यस वर्षको निर्वाचनका लागि उम्मेदवार विपक्षी राष्ट्रपतिलाई अयोग्य ठहराएपछि अमेरिकाले शनिबार चेतावनी दिएको छ।
नेपाल–चीन सम्बन्ध पारस्परिक सम्मानमा आधारित छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनको इतिहास शताब्दीयौं पुरानो भएकाले नेपालको समृद्धिका लागि चीन सरकारबाट सदियौंदेखि महत्वपूर्ण सहयोग प्राप्त हुँदैआएको बताउनुभएको छ ।
चिनियाँ टोली नआउँदा कलङ्की–महाराजगञ्ज सडक विस्तारको काम रोकियो
चक्रपथ विस्तार आयोजनाअन्तर्गत दोस्रो चरणको कलङ्की महाराजगञ्ज सडक विस्तारको काम सुरु हुन सकेको छैन । सडक विभागअन्तर्गतको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर कृष्णनाथ ओझाका अनुसार चिनियाँ टोली अध्ययनका लागि नआउँदा थप काम सुरु हुन नसकेको हो ।
राष्ट्रपति पौडेलसमक्ष गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओविईसहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
अर्पण मगरको अध्यक्षतमा फोनिज मलेसियामा नयाँ समिति
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशनले अर्पण मगरको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबिच संवादमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताउनु भयो ।
अनुगमन प्रभावकारी नभएसम्म भिन्नता आउँदैन
सरकारको भ्रमण भिसामा विदेश प्रस्थानसम्बन्धी नयाँ कार्यविधि तुलनात्मक रूपमा केही राम्रो भए पनि उल्लेख्य भिन्नता भने नपर्ने प्रतिक्रिया सरोकारवालाले दिएका छन् । बुधबारदेखि लागु हुने गरी गृह मन्त्रालय अन्र्तगतको अध्यागमन विभागले जारी गरेको नयाँ कार्यविधि पहिलेको तुलनामा केही सर्तमा लचिलो व्यवस्था गरिए पनि यसको अनुगमन प्रभावकारी नभएसम्म भिन्नता नआउने प्रतिक्रिया सरोकारवालाबाट आएको हो ।
भ्रूण स्थानान्तरणबाट सेतो गैँडा गर्भवती
एउटा विधिको पहिलो सफल प्रयोगमा भ्रूण स्थानान्तरणमार्फत गैँडालाई गर्भाधान गरिएपछि संरक्षणवादीहरूले करिब लोप भइसकेको उत्तरी सेतो गैँडाको उप–प्रजातिलाई बचाउन सम्भव हुने बताएका छन् ।
राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूतबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ ।
साउदीको कम्पनीले श्रमिकको पारिश्रमिक लिन बोलायो
विश्वव्यापी कोभिड–१९ का कारण बन्द भएका साउदी अरबको रोजगारदाता कम्पनीले नेपाली श्रमिकको बाँकी पारिश्रमिकबापतको रकम लिन बोलाएका छन् । साउदी अरबस्थित साउदी कन्सिच्युसन कम्पनी (एससिडिसी) नामक रोजगारदाता कम्पनीमा कार्यरत नेपाली श्रमिक कोभिड–१९ मा घर फर्किएका आठ जना नेपाली श्रमिक पुनः काममा नफर्किएको भन्दै अहिले बाँकी पारिश्रमिकबापतको रकम दिन बोलाएको हो ।
रुसी सेनाको विरोध गर्नेको सम्पत्ति जफत हुने
रुसी सेनाको आलोचना फैलाएको अभियोगमा दोषी ठहरिएका कुनै पनि व्यक्तिको धन, सम्पत्ति र मूल्यवान सामान जफत गर्न अधिकारीहरूलाई अनुमति दिने एक विधेयकलाई बुधबार रुसी सांसदहरूले अनुमोदन गरेका छन् ।
यु १९ विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधबार नेपालले पाकिस्तानको सामना गर्दै छ ।
नर्वेका राजाको पदमाेह : राजगद्दी त्याग्न अस्वीकार
शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोराउनु भएको छ ।
भिजिट भिसामा यात्राका लागि नयाँ कार्यविधि जारी
गृह मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि नयाँ कार्यविधि जारी गरेको छ।
प्यालेस्टिनी र इजराइलीबीच भीषण सङ्घर्ष, ४० को मृत्यु
दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजराइली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।
अयोध्या लगिएको देवशिला स्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै
भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ ।
चिनियाँ तस्बिर प्रदर्शनी
नेपाल र चीनबिच सांस्कृतिक आदान-प्रदान एवम् पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी सुरु भएको छ ।
धूमधामका साथ रामको प्राणप्रतिष्ठा : फूलले सिँगारियो अयोध्या
अन्ततः आज (सोमबार) भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ ।