• १६ वैशाख २०८१, आइतबार

राष्ट्रपतिसमक्ष चार देशका डाइरेक्टर जनरलको भेट

blog

भेटपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग चार देशका नेशनल क्याडेट कोरका डाइरेक्टर जनरलको सामूहिक तस्बिर । तस्बिर : राष्ट्रपतिको कार्यालय

काठमाडौं, फागुन २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, श्रीलङ्का, पाकिस्तान र माल्दिभसका नेशनल क्याडेट कोरका डाइरेक्टर जनरललगायतले शिष्टाचार भेट गर्नुभएको छ ।

सोमबार दिउँसो राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसमक्ष भारत, श्रीलङ्का, पाकिस्तान र माल्दिभ्सका राष्ट्रिय क्याडेट कोरका डाइरेक्टर जनरल, स्टाफ अधिकृत, समन्वय अधिकृत तथा क्याडेटहरुले शिष्टाचार भेट गर्नुभएको हो ।

उहाँहरू नेपाली सेनाको निमन्त्रणामा यूथ एक्सचेन्ज प्रोग्राम (वाइपी) मा सहभागी हुन नेपाल आउनुभएको हो ।