जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी
नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ ।
वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च
श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ । बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताउनुभयो ।
भारतको पर्यटन मेलामा नेपालको सहभागिता
भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट ९ओटिएम० मेलामा नेपालले सहभागीता जनाएको छ ।यसअघि नेपाल पर्यटन वोर्डले सहभागीता जनाउँदै आएको उक्त पर्यटन मेलामा यसवर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान०ले भाग लिएको हो । उक्त तीनदिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिनुभयो ।
शान्ति सेनामा नेपाल पहिलो
संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र बनेको छ । शान्ति सेनामा नेपालको सङ्ख्या बढेर छ हजार २४७ पुगेसँगै नेपाल पहिलो राष्ट्र बनेको हो । शान्ति सेनामा यसअघि पहिलो नम्बरमा रहेको बङ्गलादेशको सङ्ख्या छ हजार १९७ रहेको छ । बङ्गलादेशभन्दा ५१ जना बढी शान्ति सैनिक खटाएर शान्ति सेनामा योगदान पुर्याउने मुलुकमा नेपाल पहिलो बनेको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालसहित १२१ राष्ट्रले द्वन्द्वग्रस्त मुलुकका २२ वटा मिसनमा ७६ हजार ४७९ जना शान्ति सेना खटाइएका छन् । जसमा ७० हजार एक सय पुरुष र छ हजार ३७९ जना महिला सैनिक छन् । नेपाल सरकारले शान्ति सेनामा हाल १० हजार पुर्याउने लक्ष्य राखेको छ ।
केन्याका धार्मिक नेतामाथि १९१ बालबालिकाको हत्या अभियोग
मालिन्दी उच्च अदालतले केन्याली ईसाई पन्थ नेता पल नथेन्ज म्याकेन्जी र अन्य २९ जना संदिग्धलाई एक सय ९१ बालबालिकाको हत्या गरेको अभियोग लगाएको सिएनएनले बताएको छ ।
परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया प्रस्थान गर्दै
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
‘अन्तर्राष्ट्रिय मान्यतामा कुनै फेरबदल भएको छैन’
नेपाल रेडक्रस सोसाइटीले रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको सदस्यता र अन्तर्राष्ट्रिय मान्यताका सम्बन्धमा थप कुनै निर्णय र फेरबदल नभएको स्पष्ट पारेको छ ।
आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु : चिनियाँ राजदूत
नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन् सोङबिच आज बिहान शिष्टाचार भेटवार्ता भएको छ ।
नेपाली जुडोलाई जापानको सहयोग
नेपालका लागि जापानका राजदूत किकुता युताकाले मङ्गलबार नेपाल जुडो सङ्घलाई जुडो पोशाक हस्तान्तरण गर्नुभएको छ ।
विवाहमा आएका ३५ महिला बेपत्ता
उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
नेपालमा खेल पर्यटन विकास गर्न कोरियामा गोष्ठी
नेपालमा खेलकुदको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यसहित मङ्गलबार दक्षिण कोरियाको राजधानी सोलमा ‘स्पोर्ट्स ग्लोबल टुरिजम–२०२४’ विषयक एक दिने गोष्ठी हुने भएको छ ।
मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ
दक्ष जनशक्ति, सूचना प्रविधिको सहज र अधिकतम प्रयोग र सरकारको स्पष्ट लगानी हुने हो मौसमसम्बन्धी वस्तुनिष्ट रुपमा जानकारी दिन सकिन्छ भन्ने खास उदाहरण बनेको छ युरोपेली देश फिनल्याण्ड ।
अस्ट्रेलियाको मुद्रास्फीति दुई वर्षकै न्यून
अस्ट्रेलियाको मुद्रास्फीति दर २०२३ को अन्त्यमा दुई वर्षयताकै न्यून स्तरमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
विमानस्थलमा देश छोड्नेहरूको आँसु (फोटो फिचर)
विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने भनेको देशको लागि राम्रो कदापि हुन सक्दैन । नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरूको सङ्ख्या ठुलो छ । धेरैजसो नेपालीहरू स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन् । कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा बिदेसिन बाध्य छन् ।
रुसमा नेपाली बेपत्ता, परिवारजन पीडामा
मनग्य अर्थोपार्जन गर्ने, परिवारलाई सुखमा राख्नेलगायतका सपना बोकेर रुसी सेनामा भर्ना भएका उदयपुरका पदम घिमिरे सम्पर्कविहीन बनेपछि श्रीमती टिना घिमिरेको आँखा ओभानो छैन । रुस–युक्रेन युद्धमा बाँच्ने आशा कम देखेपछि पदमले सैनिक क्याम्पबाट भागेर नेपाल फर्किन प्रयास नगर्नुभएको होइन । सैनिक इलाकाबाट बाहिर निस्कन सफल पदमलाई दुई पटक रुसी सेनाले पुनः पक्राउ गरेर युद्ध मैदानमा होमिदियो । सैनिक क्याम्पबाट फोनबाट कुरा गरिरहने पदम दुई महिनादेखि सम्पर्कविहीन भएपछि पत्नी टिना पीडामा पर्नुभएको छ । अनेक आशङ्काबिच साना छोराछोरी काखमा च्यापेर टिना पदमको प्रतीक्षामा हुनुहुन्छ ।
महासंघ अध्यक्ष पोख्ररेल र कतारस्थित नियोग प्रमुख ढकालबिच भेटवार्ता
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले कतारस्थित नेपाली राजदूतावासका राजदूत डा. नरेशविक्रम ढकालसँग भेट गर्नुभएको छ।
आन्तरिक रोजगार प्रवर्धन दशक मनाउन सरकारलाई अनुरोध
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने र यसको तयारीका लागि आवश्यक कार्य गर्ने निर्णय गरेको छ । श्रममन्त्री शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्ने गरी आर्थिक क्रियाकलापको विस्तार गर्ने एवं आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यसहित सरकार, रोजगारदाता ट्रेड युनियन तथा सरोकारवाला सबैको सहभागितामा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने र यसको तयारीका लागि श्रम मन्त्रालयबाट आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।
भारतले ल्यायो ७६२ खर्बको बजेट
सन् २०४७ सम्म विकसित देशका रूपमा स्थापित हुने लक्ष्यसहित भारतले आगामी आर्थिक वर्ष २०२४/२५ का लागि ७६२ खर्ब ५२ अर्ब रुपियाँ (४७ लाख ६५ हजार करोड भारतीय रुपियाँ) को बजेट सार्वजनिक गरेको छ । भारतका वित्तमन्त्री निर्मला सितारमणले बिहीबार लोक सभामा लगातार छैटौँ पटकको बजेट प्रस्तुत गर्ने इतिहास बनाउँदै ‘विकसित भारत’ को लक्ष्यसहितको बजेट प्रस्तुत गर्नुभएको हो ।
छ महिनामा छ सय छपन्न नेपालीको मृत्यु
सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् ।
पाकिस्तानमा चुनावी हिंसा : निर्वाचन आयोगद्वारा सुरक्षा बैठक आह्वान
मुलुक निर्वाचनमा जान एक साताअघि अलग–अलग हमलामा एक उम्मेदवारको गोली हानी हत्या र अन्य धेरै घाइते भएपछि पाकिस्तानको निर्वाचन आयोगले बुधबार सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ ।
पशुपन्छी अनुसन्धानका लागि आइएलआरआइसँग सम्झौता
कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको छ ।
जनताको जीवनस्तर उठाउन वैचारिक बहस आवश्यक छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपिडी) का पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा. मार्टिन शुल्जले शिष्टाचार भेट गर्नुभएको छ।
प्रधानमन्त्री प्रचण्डसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गर्नुभएको छ ।
न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन
साहसिक पर्वतीय खेलकूदको अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उद्देश्यले न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन भएको छ ।