• १५ वैशाख २०८१, शनिबार

क्षेप्यास्त्र हमलामा कम्तीमा ६० जना रुसी सैनिकको मृत्यु

blog

रकेट हमलाको दृश्य । तस्बिर : बीबीसी

काठमाडौं, फागुन ९ गते । अधिनस्थ पूर्वी युक्रेनस्थित एउटा सैनिक प्रशिक्षण क्षेत्रमा गरिएका दुईवटा क्षेप्यास्त्र हमलामा परी कम्तीमा ६० जना रुसी सैनिकहरू मारिएको विवरणमा जनाइएको छ।

एकजना वरिष्ठ रुसी कमान्डरको स्वागतका लागि दोनेत्स्क क्षेत्रमा सैनिकहरू भेला भएका थिए। ठूलो सङ्ख्यामा हताहती भएको उक्त घटनासम्बन्धी भिडिओ फुटेजमा देखिन्छ। बीबीसीले त्यसको आधिकारिकता पुष्टि गर्ने प्रयास गरिरहेको जनाएको छ। एकजना रुसी अधिकारीले हमला गरिएको पुष्टि गरेका छन्।

घटनाको भिडियो फुटेजमा ठूलो संख्यामा मृतक देखाइएको छ। एक रुसी अधिकारीले स्ट्राइक भएको पुष्टि गरे तर रिपोर्टलाई ‘अत्यधिक बढाइचढाइपूर्ण’ भनेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना रक्षामन्त्री सर्गेई शोइगुलाई भेट्नुभन्दा केही घण्टाअघि आक्रमण भएको बताइएको छ।

युक्रेनले अमेरिकामा निर्मित हाइमार्स क्षेप्यास्त्र प्रहार गरेको ठानिएको छ तर युक्रेनी अधिकारीहरूको तर्फबाट अहिलेसम्म त्यसबारे कुनै टिप्पणी गरिएको छैन।

यही समाचारलाई सिएनएनले पनि प्रकाशन गरेको छ । तर सीएनएनको समाचारमा हालसम्म थप विवरण दिइएको छैन ।