हिमालय एयरलाइन्सद्वारा काठमाडौं–साङ्घाई उडान सुरु
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई उडान सुरु गरेको छ । हिमालय एयरलाइन्सले शनिबार काठमाडौंबाट चीनको आर्थिक हब सांघाईमा आफ्नो उद्घाटन उडान सुरु गरेको हो ।
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ स्वदेश फर्कँदै हुनुहुन्छ । संयुक्त अरब इमिरेट्स दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुनुभई उहाँ आज स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको छ ।
पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताउनुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा अवसरमा आज उहाँले हिमालका मुद्दा सम्बन्धमा आयोजना गर्नुभएको उच्चस्तरीय कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीद्वारा कोप–२८को उच्च स्तरीय बैठकको अध्यक्षता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको हिमालय : जसले हामीलाई जलवायु प्रकोपबाट बचाउँछ विषयक उच्च स्तरीय गोलमेच बैठकमा सम्बोधन गर्नुभएको छ ।
जलवायु परिवर्तनबाट पीडित देशलाई अमेरिकासहित पाँच देशको सहयोग
जलवायु परिवर्तनको ठुलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ ।
हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान
हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठुलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो ।
नेपाल विश्व समुदायको प्राथमिकतामा परेको छ: प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा नेपाल विश्व समुदायको प्राथमिकतामा परेको बताउनुभयो ।
अष्ट्रेलियाद्वारा अमेरिकी सङ्ग्रहालयबाट स्वदेशी अवशेष फिर्ताको स्वागत
अस्ट्रेलियाले अमेरिकी स्मिथसोनियन राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयबाट स्वदेशी अवशेषहरू फिर्ता ल्याउने कामलाई स्वागत गरेको छ ।
जलवायुको असर कम गर्न नेपालका प्रयास अवगत गराउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ ।
सिप बिल्डिङतर्फ दक्षिण कोरिया जान बाह्र हजार योग्य
रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि सिप बिल्डिङतर्फको दोस्रो चरणको परीक्षामा १२ हजार ९८ जना उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका अनुसार असोज १ देखि मङ्सिर ७ सम्म सञ्चालन गरिएको पहिलो चरणको सिप बिल्डिङतर्फको परीक्षामा साढे ३५ हजार सहभागी भएकामा भाषा
नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाली क्रिकेटलाई प्रबर्द्धन गर्न तयार छौं : महाराष्ट्रका उपमुख्यमन्त्री
भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेंद्र फडणवीसले नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न महाराष्ट्र सरका तयार रहेको बताउनुभएको छ ।
सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना
सरकारले आन्तरिक तथा बाह्य श्रम बजारको माग र आवश्यकताअनुसार सीपयुक्त प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेको छ ।
जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास विश्वलाई जानकारी गराइने
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ ।
कोप-२८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?
मानव र समग्र प्राणी जगतको अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको महाभेला आजदेखि संयुक्त अरब इमिरेट्समा सुरु भएको छ ।
सेवाप्रवाहलाई प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
कोप–२८ मा सहभागी हुन युएई आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण गर्नुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबिच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना अष्ट्रेलियाली समकक्षी मिल्टन डिकसँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति पौडेलद्वारा दुई देशमा आवासीय राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय नेपाल व्यापार मेला सुरु (फोटो फिचर)
नेपाल उद्योग वाणिज्य महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरेको हो ।
कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको छ ।
नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो । वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताउनुभयो ।
रुसी सेनामा मर्न थाले नेपाली
करिब एक महिनाअघि मात्र १२ जना नेपाली विद्यार्थी इजरायलमा मारिएको घटना स्मरण गराउँदै बुधबार पुनः रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु भएको खबर फैलियो । मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान र दोलखाका राजकुमार रोक्का भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।
कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन केहीअघि संयुक्त अरब इमिरेट्सको दुबईतर्फ प्रस्थान गर्नुभएको छ ।