• २२ वैशाख २०८१, शनिबार

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय नेपाल व्यापार मेला सुरु (फोटो फिचर)

blog

भृकुटीमण्डप सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको अवलोकन गर्नुहुँदै सभामुख देवराज घिमिरे । तस्बिर : केशब गुरुङ

काठमाडौं, मङ्गसिर १४ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरेको हो ।


आजबाट सुरु भएको मेला मङ्सिर १८ गतेसम्म चल्नेछ । मेलामा चीन, भारत, पाकिस्तान र बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहेको छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभेलियन र जुत्ता उत्पादक सङ्घको तर्फबाट ४० वटा स्टलसहितको पेभेलियन रहेको छ ।


महासङ्घका अनुसार मेलामा चीनबाट ५५, भारतबाट ३०, बङ्गलादेशबाट आठ र पाकिस्तानबाट आठ गरी २१० वटा स्टलमा स्वदेशी तथा विदेशी वस्तुको प्रदर्शनी गरिएको छ । मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नु भएको छ । नेपालका लागि चिनियाँ राजदूत र सभामुखले मेलाको अवलोकन गर्नु भएको छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।