चौथो प्रतिभा नक्षत्रमा इशानी र गृष्मा विजयी
संयूक्त अधिराज्य (बेलायत) मा मौलिक नेपाली कला,संस्कृति प्रवर्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यसहित भएको चौथो प्रतिभा नक्षत्रमा इशानी बराल र गृष्मा खडका संयूक्त रूपमा विजयी हुनु भएको छ ।
भैरहवाबाट काठमाडौं ट्रान्जिट भएर हङकङ र दिल्ली उड्न पाइने
नेपाल वायुसेवा निगमले मंगलबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान गर्नेगरी टिकट बुकिङ् खुलाएको छ।
विदेशमा सिकेको सीप, अनुभव र पुँजी नेपालको विकासमा लगाउन अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नुभएको छ।
जसपा अध्यक्ष यादव भारत प्रस्थान
जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गर्नुभएको छ । उहाँ पारिवारिक कामका सिलसिलामा भारतको केरला जानुभएको हो ।
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा
अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्नुहुने भएको छ । उहाँ सेप्टेम्बरको पहिलो साता काठमाडौँ पुग्नुहुने कार्यतालिका रहेको जनाइएको छ ।
सामाजिक सुरक्षा कोष : वैदेशिक रोजगारीका तीन लाख श्रमिक आबद्ध
सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म तीन लाख बढी श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध भएका छन् । चार महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् । यो सङ्ख्या चैत ८ गतेदेखि भदौ ५ गतेसम्मको हो ।
अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित
ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
एनआरएनएको अध्यक्षमा अधिकारीको उम्मेदवारी
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी नेतृत्वका लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उहाँले सङ्घकोे संस्थागत विकासका लागि उम्मेदवारी दिएको बताउनुभयो । आगामी असोज ३० देखि कात्तिक ३ गतेसम्म हुने सङ्घको महाधिवेशन हुँदै छ । लामो समयदेखि सङ्घमै रहेर नेपालको हित र महिला सशक्तीकरणको पक्षमा काम गर्दै आएकाले आफू अब सङ्घको नेतृत्वमै रहेर काम गर्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको अधिकारीले बताउनुभयो ।
लेबनानमा श्रमिक लैजाने प्रस्ताव
लेबनानमा नेपाली श्रमिकका लागि धेरै क्षेत्रमा अवसर रहेकाले श्रमिक लैजाने प्रस्ताव आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलबिच बिहीबार मन्त्रालयमा भएको भेटका क्रममा सो लेबनानका तर्फबाट यस्तो प्रस्ताव आएको हो । लेबनानको प्रस्तावमा मन्त्री भण्डारीले श्रम समझदारीका लागि मस्यौदा बनाएर आदानप्रदान गर्ने र सोही आधारमा अगाडि बढ्ने बताउनुभयो ।
रोजगारीमा गएका नागरिकका समस्या ‘ब्रेक थ्रु’ हुने गरी समाधान गरौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबाट रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ गर्ने गरी योजना तयार गर्न निर्देशन दिनुभएको छ ।
नेपाल र जापानको अति घनिष्ठ सम्बन्ध छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जापानको संसद्को माथिल्लो सदनका सदस्य साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्य कोबायाशी काजुहिरो र नागाइ मन्बुले शिष्टाचार भेट गर्नुभएको छ ।
जीईएफको ७ औँ विश्व सम्मेलनमा अर्थमन्त्री डा.महत
अर्थ मन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा सहभागि हुनुभएको छ ।
स्वयम्सेविकाले खोजे अधिकारको संरक्षण
नेपाल, भारत र पाकिस्तानका सामाजिक कार्यकर्ता (स्वयम्सेविका) ले श्रमिकका रूपमा आफूहरूको अधिकारको सम्मान, संरक्षण र प्रवर्धन गर्न सरकारसँग माग गरेका छन् । पब्लिक सर्भिसेज इन्टरनेसनलले काठमाडौँमा आयोजना गरेको तीन देशका महिला स्वास्थ्य स्वयम्सेविका भेलामा सहभागीले यस्तो माग गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्यूयोर्क जानुहुने भएको छ । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधनमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
अमेरिकामा जन्मियो खैरो जिराफ
अमेरिकाको टेनेसी राज्यको एउटा चिडियाखानामा जन्मिएको जिराफको बच्चा देखेर सबैजना आश्चर्यचकित भएका छन् । सामान्यतया जिराफको शरीरमा धर्को अथवा थोप्लो हुन्छ तर यहाँ जन्मिएको जिराफमा एउटा पनि सेतो दाग नभएपछि सबैजना आश्चर्यमा परेका हुन् । गत जुलाई ३१ मा ब्राइट चिडियाखानामा जन्मिएको सो जिराफको रंग पूर्णतः खैरो छ । व्राइट चिडियाखानाले जारी गरेको प्रेस विज्ञप्तिमा जापानको टोकियोमा सन् १९७२ मा एउटा पनि दाग नभएको जिराफ जन्मिएको घटनापछि भएको यो पहिलोपटक हो ।
अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट
भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो ।
चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारी
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङले शिष्टाचार भेट गर्नुभएको छ ।
उपप्रधानमन्त्री खड्कासँग थाइल्याण्ड र म्यानमारमा रहेका नेपाली भाषीको भेट
थाइल्याण्ड र म्यानमारमा रहेका नेपाली भाषीहरूको प्रतिनिधि मण्डल थाइ नेपाल एसोसिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् ।
उपप्रधानमन्त्री खड्कासँग थाइल्याण्ड र म्यानमारका नेपाली भाषीको भेट
उपप्रधान एवम् तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले भेट गरेका छन् ।
नेपालले परम्परागत औषधिको विकास गर्न लगानी बढाउँछ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गर्नु भएको छ ।
भारतका प्रितम राई मेरो भ्वाइस विजेता
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड)ले हात पारेका छन् ।
झापाकी कमला इराकमा ‘बन्धक’
अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नुभएको छ ।
गैरआवासीय नेपालीलाई नागरिकता सहजरुपमा दिलाउन पहल गर्छु : प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैरआवासीय नेपालीलाई सहज रूपमा नागरिकता दिलाउन थप पहल गर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनको निम्ता गर्न गएको सङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले गैरआवासीय नेपाली नागरिकताको सहज कार्यान्वयनमा सरकार सकारात्मक रहेको बताउनुभयो ।
दुई कन्सल्टेन्सीलाई कारबाही
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनविपरीत काम गर्ने दुई वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र दुई कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागले ऐन र नीतिविपरीत अवैधानिक विज्ञापन गरेकाले ऐन अनुसार दुई/दुई लाख रुपियाँ जरिबाना गरेको हो ।