झिमरुकतिर चित्रकला
काठमाडौंको बबरमाहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनी भइरहेको झिमरुकतिर चित्रकला ।
विदेशिएका युवाको कथा 'सपना अनेक अनेक'
काठमाडौं, साउन ८ गते । नेपालका कयौं युवा उज्ज्वल भविष्यको सपना बुनेर विदेशिन बाध्य छन् । आजको समाज नै विलासी जीवनमा अडिएको छ । जसका लागि पैसाले ठूलो भूमिका खेल्ने गरेको छ । यसैबीचमा कयौं विदेशिएका युवा धन कमाउने आशमा काठको बाकसमा नेपाल फर्किने गरेका छन् । धन कमाउने र उज्ज्वल भविष्यको सपना देखेर वैदेशिक रोजगारीमा गएका युवाको निधनपछि घरपरिवारले भोगेका समस्या र पीडामा बुनेको कथा हो सपना अनेक अनेक । वैदेशिक रोजगारमा गएका युवाका पत्नीले आफ्नो श्रीमान् गुमाएको र छोरीले आफ्नो बुबा गुमाएको कथा सपना अनेक अनेकमा चित्रण गरिएको छ । यो गीति नाटक आफैंमा एउटा सपना हो । कथामा विदेशिएका बुबाको निधनसँगै घरमा रहेकी आमाको पनि निधन भएपछि एक्ली बनेकी छोरीको पीडा नाटकमा उतारिएको छ । कवि गीता खत्रीको खण्डकाव्य 'आमा हुन् आमा' मा आधारित गीति रचनाको कलात्मक नाटकीकरण र मञ्चीय प्रस्तुति हो यो । आफ्नो मातृभूमिबाट अमेरिका पुग्ने सपना बुन्नेहरु अमेरिकाको माटोमा पुगे पनि आफ्नै देशको सम्झनाले रातदिन तड्पिने गर्छन् । तिनै युवाहरुको तड्पपनलाई सर्वनामले सपना अनेक अनेकमा उतारेको छ । जुनसुकै देशमा पुगे पनि आफ्नो माटो र आफ्नो आमाको मायाले विदेशिएका युवालाई पिरोल्ने गर्छ । आफ्नो गाउँघरमा साथी र संगीसँग बिताएका रमाइला क्षणले ती युवालाई पिरोल्नुसम्म पिरोल्छ । 'आमा' अर्थात् नेपाल आमा । आमाको त्यो विम्ब नै यस नाटकको मूल सार हो । नाटकमा सङ्गीत र गायनको गहिराइसँगै परिकल्पनालाई जीवन्त दिनका लागि लोकनृत्य, चर्यानृत्यका साथै आधुनिक र शास्त्रीय नृत्यको भावलाई आधारको रुपमा प्रयोग गरिएको छ । गीत अनुसार बीचबीचमा चाहिने गति सबै प्रक्रियालाई कलाकारले विशेष रुपमा अँगालेको देखिन्छ । झण्डै ५० वर्षदेखि नाटक क्षेत्रमा लाग्नुभएका अशेष मल्लको यो पहिलो गीति नाटक हो । नाटकमा प्रस्तुत गरिएका कथाका भावलाई दर्शकले संगीत र कलाकारको शारीरिक अभिव्यक्तिले महसुस गराउने गीति नाटक रहेको निर्देशक अशेष मल्लको भनाइ छ । नाटकमा संगीतकार राजु सिंहको संगीतको धुन, गायनमा बानिका प्रधान र सत्यराज आचार्य र प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी रहेको छ । नाटकमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा मगर, मिलन शाक्य, निरीक्षा घतानी, शुंँ-गूको अभिनय छ ।
साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण
साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृतिग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्राडा. टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याललगायतले शनिबार सो कृतिको लोकार्पण गर्नुभयो ।
शेर्पा कलाकार सङ्घको अध्यक्षमा कुङगा निर्वाचित
शेर्पा कलाकार सङ्घको अध्यक्षमा कुङगा शेर्पा निर्वाचित हुनु भएको छ । संघको सम्पन्न दोस्रो महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा साङगे शेर्पा, उपाध्यक्षमा दावा शेर्पा, महासचिवमा लमु शेर्पा, कोषाध्यक्षमा पल्मु शेर्पा निर्वाचित हुनुभएको छ ।
बुढाथोकीको ‘बाउ’ उपन्यास विमोचन
संखुवासभाका साहित्यकार एवं शिक्षक ताराबहादुर बुढाथोकीको ‘बाउ’ नामक उपन्यास विमोचन भएको छ । शनिबार बुढाथोकीको आख्यान कृति ‘बाउ’ नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा प्रतिष्ठानमा उपकुलपति डाक्टर जगमान गुरुङले विमोचन गर्नु भयो ।
‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ सिटौलालाई
नेपाली वाङ्मयको श्रीवृद्धिमा काम गर्दै आएको नइ प्रकाशनले शनिबार २५ जनालाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ।
लोप हुँदै मादलको ताल
१५ वर्षको उमेरदेखि मादल बजाउँदै आउनुभएकी मादल वादक डङ्गोलका अनुसार देशको राष्ट्रिय बाजा भए पनि मादलले आफ्नो स्थान भने पाएको छैन।
मण्डला नाटकघरमा खुवालुङ
मण्डला नाटकघरमा नाटक ‘खुवालुङ’को मञ्चन सुरु भएको छ । ‘खुवा’को अर्थ खोलानदीको पानी हो भने ‘लुङ’को अर्थ ढुङ्गा हो । ‘खुवालुङ’लाई संस्कार–संस्कृतिको प्रतीक मानिन्छ । ‘खुवालुङ’बारे जति धेरै कथाहरू छन् ती सबै आ–आफ्नै लय पयहरूमा छन् । मौखिक रूपमा भनिँदै आउँदा तिनका आ–आफ्नै तौरतरिकाहरू बनेका छन् ।
नेवार जातिको मौलिक चित्रकला ‘पौभा’
‘पौभा’ नेपालका नेवार जातिको मौलिक परम्परागत चित्रकला हो। जुन तामाङ, शेर्पा तथा गुरुङ जाति तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुन्छ।