सिंहको एकल चित्रकला प्रदर्शनी
कलाकार अक्षरा सिंहको ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा ‘ब्युटी अफ नेचर’ शीर्षकमा पहिलो एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नेपालका हिमाल, पहाड, रङ्गीबिरङ्गी चरा, मन्दिरको शोभा बढाउने घन्टीलगायत प्राकृतिक सौन्दर्यलाई उहाँले विशाल क्यानभासमा सजाउनुभएको छ ।
भानुभक्तलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसीकुवा मासिने खतरामा
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसीकुवाको अस्तित्व मासिने खतरा भएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भईरहेकोले कुवा रहेको स्थान र पार्कमा सडक पुग्ने भएकाले मासिने जोखिम भएको हो ।
राष्ट्रपतिबाट पुष्पलालका सहयोद्धा सम्मानित
गोरखापत्र अनलाइन काठमाडौं, असार २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय पुष्पलाल श्रेष्ठका सहयोद्धाहरूलाई पुरस्कृत एवम् सम्मानित गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७८ धनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई समर्पण गर्नुभएको हो । सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल र पवित्र घर्तीलाई सम्मानित गर्नुभयो । पुरस्कारहरूको राशि सम्मान पत्रसहित नगद १ लाख रुपैयाँ रहेको छ ।राष्ट्रपति भवनमा मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार, २०७७/७८ वितरण कार्यक्रममा कार्यक्रममा राष्ट्रपतिले उहाँहरूलाई सम्मानित एवम् पुरस्कृत गर्नुभएको हो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले कार्यक्रममा सम्बोधन गर्नुहुँदै समतामूलक राज्य व्यवस्था निर्माण गरेर मात्रै समाजवादको सपना साकार हुने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृतिमा विभिन्न विधामा क्रियाशील व्यक्तित्व एवम् स्रष्टाहरुलाई सम्मानित गर्नु सराहनीय भएको भन्नुहुँदै उहाँले लोकतान्त्रिक एवम् वाम आन्दोलनमा पुष्पलालको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्नुभयो ।राष्ट्रपति भण्डारीले भन्नुभयो, “चुलिँदो व्यापार घाटा नियन्त्रण गर्न आयात प्रतिस्थापन गरी स्वावलम्बी अर्थतन्त्रको निर्माण नगरेसम्म हाम्रो संविधानले परिलक्षित गरेको समाजवाद उन्मुख अर्थतन्त्र स्थापित हुन सक्दैन । यसका लागि मुलुकमा उपलब्ध साधन र स्रोतको सदुपयोगद्वारा कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्ने हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ ।’’कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्नुहुँदै उहाँका विचारलाई प्रेरणाको रुपमा लिएर देशको समृद्धिका लागि अगाडी बढ्नुपर्ने बताउनुभयो ।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल र नेपाली जनताको मुक्तिका लागि पुष्पलाल श्रेष्ठको योगदानको सम्मान गर्दै सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार वर्षेनी प्रदान गर्दै आएको बताउनुभयो । राष्ट्रको विकास र समृद्धिमा महत्वपूर्ण योगदान गरेका राजनीतिक व्यक्तित्वहरुको दुरदर्शी विचार, मार्गनिर्देशन, त्याग र सङ्घर्षलाई सम्मान गर्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । मुलुकको प्रगतिशील राजनीतिक परिर्वतन, नेपाली राजनीतिक आन्दोलनको इतिहासको अध्ययन-अनुसन्धान र साहित्य र संस्कृतका क्षेत्रमा पुरस्कृत स्रष्टाहरुले पुर्याउनुभएको योगदानको पनि उहाँले प्रशंसा गर्नुभयो । नेपालको राजनीतिक आन्दोलन तथा खोज अनुसन्धान र लेखन कार्यमा योगदान गरेका व्यक्ति वा संस्था, नेपाली समाजको इतिहास, राजनीतिक आन्दोलनको इतिहास, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधि क्षेत्रको अनुसन्धान र खोजका तीन विभिन्न विधामा तीनजना व्यक्ति वा संस्थालाई पुष्पलाल राष्ट्रिय पुरस्कारद्वारा सम्मान गर्ने कार्यक्रम आर्थिक बर्ष २०६८/६९ देखि हरेक वर्ष मन्त्रालयले निरन्तर गर्दै आइरहेको छ ।
थारु समुदायका लोककथा र मिथक समेटिएको पुस्तक सार्वजनिक
रंगकर्मी एवम् पत्रकार इन्द्र चौधरीको ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ पुस्तक सार्वजनिक भएको छ।
साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन
काठमाडौं, असार २८ गते। साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन शुरु भएको छ। २०९ औँ भानु जयन्तीको अवसरमा साझा प्रकाशनले मंगलवार पुलचोकस्थित कार्यालय परिसरमा विशेष कार्यक्रम गरेर ‘गरिमा’ साहित्यिक मासिक पत्रिका प्रकाशन शुरु भएको जानकारी गराएको हो।नेपाली साहित्य जगतमा नै उच्च प्रतिष्ठा कमाएको ‘गरिमा’ को प्रकाशन २०७५ मंसिरदेखि रोकिएको थियो। नेपाली साहित्यको प्रतिनिधि पत्रिकाका रूपमा २०३९ पुसबाट प्रकाशन प्रारम्भ भएको ‘गरिमा’ साहित्यिक मासिक साझा प्रकाशनको आर्थिक संकटसँगै २०७५ कात्तिकमा पूर्णाङ्क ३९६ निस्किएर बन्द भएको थियो।आर्थिक संकटका कारण ‘गरिमा’ २०७५ मंसिरदेखि प्रकाशन हुन सकेको थिएन। ‘गरिमा’ को वर्ष ३९, अङ्क १, पूर्णाङ्क ३९७ लाई २०७९ साउन अङ्क मानिएको छ।भाषा–साहित्य, कला–संस्कृति र शिक्षाको विकास, विस्तार एवं विविधिकरणमा शताब्दीभन्दा बढी ऐतिहासिक यात्रा पार गरेको साझा प्रकाशन विगत लामो समयदेखि राजनीतिक खिचातानीका कारण उत्पन्न परिस्थितिले सिर्जना गरेको चरम आर्थिक संकट व्यहोर्दै आएको छ।कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ‘गरिमा’ को साउन अंक विमोचन गर्नुभयो। विक्रम संवत् १९७० मा स्थापित गोर्खा भाषा प्रकाशिनी समिति १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित हुँदा यो दक्षिण एशियाकै पहिलो साहित्यिक–सांस्कृतिक संस्था बनेको थियो। तत्कालीन परिवेशमा साहित्य सेवा र पाठ्यपुस्तक निर्माण, प्रकाशन गर्ने नेपाली भाषा प्रकाशिनी समितिले २०२१ सालमा साझा प्रकाशनको नाममा उत्तराधिकारसहित निरन्तरता पाएको थियो। १ सय १० वर्षको इतिहास बोकेको साझा प्रकाश आफूले गर्दै आएका कामबाट वञ्चित भएपछि अहिले गहिरो आर्थिक समस्या झेलिरहेको छ। ६० प्रतिशत शेयर नेपाल सरकारमा रहेको यस सहकारी संस्थामा १५ सयभन्दा बढी साहित्यकार, पत्रकार, कलाकार, शिक्षासेवी र संस्कृतिकर्मी शेयर सदस्य छन्। तर, संस्था भने व्यावसायको माध्यमबिहीन भएको छ।पहिले पाठ्यपुस्तक निर्माण र प्रकाशनमा केन्द्रित साझा प्रकाशनलाई सरकारी नीतिअनुरूप २०२८ सालपछि पाठ्यपुस्तक वितरणमा सीमित गरिएको थियो। देशव्यापी पाठ्यपुस्तक बिक्री वितरणबाट हुने सीमित मुनाफालाई प्रकाशनको माध्यमबाट साहित्य सेवामा लगाएको साझा प्रकाशनलाई २०६९ पछि पाठ्यपुस्तकबिक्री वितरणबाट वञ्चित गरिएको छ। त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको प्रविणता प्रमाणपत्र र पछि उच्चमाध्यमिक शिक्षा परिषद्बाट सञ्चालित ११ र १२ कक्षाका अनिवार्य विषयका पाठ्यपुस्तक मुद्रण र बिक्री वितरण गर्दै आएको थियो।सरकारले २०७६ देखि यी कामबाट साझा प्रकाशनलाई वञ्चित गरेको थियो। गत महिना शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभामा ‘कक्षा ११ र १२ का पाठ्यपुस्तक साझा प्रकाशनमार्फत् मुद्रण र बिक्री वितरणको व्यवस्था मिलाइएको’ जानकारी दिए पनि अहिलेसम्म मन्त्रालयबाट नै छपाइको आवश्यक प्रक्रिया अघि बढ्न सकेको छैन।
तेस्रोलिङ्गी मेकअप आर्टिस्ट सोफी : नाम र दाम दुवै
सोफी सुनुवार नेपालकै पहिलो तेस्रोलिङ्गी ‘मेकअप आर्टिस्ट’ हुनुहुन्छ । तेस्रो लिङ्गी समाजका लागि सोफी एक सफल उदाहरण पनि बन्नु भएके छ । विगत १५ वर्षदेखि मेक आर्टिस्ट पेशामा लाग्नुभएका उहाँले नेपालका धेरै चर्चित मोडलहरु, कलाकार र बेहुलीलगायत विभिन्नको मेकअप गर्नुहुन्छ । यस अवधिमा आफ्ना जीवनको ठूलो सफलता र उपलब्धि भएको सुनुवार बताउनुहुन्छ ।
भानुभक्तको जीवनी विषयक प्रवचन सम्पन्न
२०९औँ भानु जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबार भानुभक्तको जीवनी विषयक प्रवचन तथा भानुभत्तीय रचना वाचन कार्यक्रम आयोजना गरियो । नयाँ पुस्तालाई भानुको जीवनी तथा रचनाका बारेमा परिचित गराउने उद्देश्यले विद्यालय तहका विद्यार्थीलाई भानुभक्तीय रचना वाचन गराइएको हो ।
काठमाडौंमा पाँच दिने ‘क्यारिकेचर’ प्रदर्शनी (फोटोफिचर)
काठमाडौंमा क्यारिकेचर प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी असार २६ देखि ३० गतेसम्म चल्ने आयोजकले बताएको छ । नेपाली क्यारिकेचर २०७९ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुनिष्ट क्लवको संयुक्त आयोजनामा भइरहेको छ ।
पूर्वमुख्यमन्त्री चाम्लिङलाई अभिनन्दन
डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट २०७८ भारतीय सिक्किम प्रदेशका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ सम्मानित हुनुभएकोमा विभिन्न संस्थाले उहाँलाई बधाई तथा अभिनन्दन गरेका छन् । बानेश्वर बहुमुखी क्याम्पसमा आयोजना भएको कार्यक्रममा पूर्वमुख्यमन्त्री चाम्लिङलाई बधाई तथा अभिनन्दन गरिएको हो । मुख्यमन्त्री चाम्लिङले गमलामा पानी हालेर कार्यक्रमको उ्घाटन गर्न‘भएको थियो ।