सर्वनाममा 'सपना अनेक-अनेक'
काठमाडौं, साउन ४ गते । कवि गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा आधारित रहेर अशेष मल्लको निर्देशन तथा परिकल्पनामा गीति नाटक ‘सपना अनेक-अनेक’ बिहीबारदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । चार दशक लामो इतिहास बोकेको सर्वनामले पहिलोपटक गीति नाटक प्रस्तुत गर्ने भएको हो । सर्वनाम थियटर ४१ वर्ष पुगेको अवसरमा पहिलो गीति नाटक प्रस्तुत गर्न लागिएको मल्लले जानकारी दिनुभयो। मल्लका अनुसार विदेशिन बाध्य नेपाली युवापुस्ताका संघर्ष र उहाँहरुको देशप्रति प्रेम र वैदेशिक रोजगारमा गएका कयौं युवा देश फर्किन सकेका छैनन् जस्ता कथा नाटकमा प्रस्तुत गरिएका छन् । नाटकमा प्रस्तुत गरिएका कथाका भावहरूलाई दर्शकले संगीत र कलाकारको शारीरिक अभिव्यक्तिले महसुस गराउने गीति नाटक रहेको मल्लले बताउनुभयो । झण्डै ५० वर्षदेखि नाटक क्षेत्रमा लाग्नुभएका मल्लको यो पहिलो गीति नाटक हो । सकुनी पासा, रक्तवीर, अर्को कुरुक्षेत्र जस्ता मल्लका चर्चित नाटक हुन् । नाटकमा संगीतकार राजु सिंहको संगीतको धुन, गायनमा बानिका प्रधान र सत्यराज आचार्य, प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी रहेको छ । साउन ५ गतेदेखि २१ गतेसम्म मञ्चन हुने नाटकमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा मगर, मिलन शाक्य, निरीक्षा घतानी, शुंँ-गूको अभिनय रहेको छ ।
फुलारा पुरस्कृत
कला र साहित्यको विस्तारदेखि समाज सेवाका विभिन्न क्षेत्रमा रहेर सफल र सार्थक भूमिका निर्वाह गर्नुभएका भीष्मराज फुलारा पुरस्कृत हुनुभएको छ । नागरिक समाजको १६औँ वार्षिक उत्सव तथा नागरिक क्रिएसन प्रालिको संयुक्त आयोजनामा आयोजित विशेष नागरिक पुरस्कार २०७९ सम्मान कार्यक्रममा फुलारा ‘विशेष नागरिक पुरस्कार २०७९’ बाट पुरस्कृत हुनुभएको हो ।
ढकाल र दिक्पालका कृतिलाई पुरस्कृत गरिने
किरात एकेडेमीले विप्लव ढकालद्वारा लिखित भोजपुरको वाङमय र राजकुमार दिक्पालद्वारा लिखित आदिवासी विद्रोहको इतिहासलाई संयुक्तरुपमा पुरस्कृत गर्ने निर्णय गरेको छ ।
‘योगमायाको जीवनी र योगदान’ सार्वजनिक
योगमायाको जीवनी र योगदान’ नामक कृति सार्वजनिक गरिएको छ । पुस्तकमा योगमायाले समाज सुधारमा गरेको योगदान, तत्कालीन समाजको चेतनाको स्तर, यसले राणाशासनमा परेको प्रभावलगायतका विविध आयाम समेटिएका छन् । ८० जनाभन्दा बढी नेपाली लेखकले कलम चलाएको यस पुस्तकको सम्पादन लेखनाथ भण्डारीले गर्नुभएको छ । भोजपुर जिल्लाको नेपालेडाँडा मझुवाबेँसीमा बसेर योगमाया र उनका अनुयायीले साधना र बलिदानीको काम गरेका थिए । योगमायालाई विद्रोही चेत भएकी, समा
कला सिर्जनामा रमाएका बलामी
कलाकार बी.आर.(बेखराम) बलामी विगत तीन दशकदेखि कला सिर्जनामा रमाइरहनुभएको छ । मकवानपुर, चित्लाङ गा.वि.स. कपुगाउँमा जन्मनुभएका कलाकार बलामीले घर, स्कुलका भित्तामा चक, कोइला, सिसाकलमले चित्र कोर्दै थालेको आफ्नो यात्रालाई निरन्तर अगाडि बढाइरहनुभएको छ ।
शिक्षाका अथक अभियन्ता
शिक्षकको सीप र क्षमताको प्रयोग गर्दै धेरैले जीवनको लामो यात्रा तय गर्छन् तर शिक्षक जहाँको तहीँ रहन्छ । देवीप्रसाद पराजुलीले पनि अनेकौँ दुःखकष्ट सहेर गाउँमा स्कुल खोल्नुभयो । ३२ वर्षसम्म अनवरत रूपमा त्यही स्कुलमा प्रधानाध्यापकको जिम्मेवारीमा रहनुभयो । हजाराँै विद्यार्थीलाई शिक्षाको दियोले प्रज्वलित गराइदिनुभयो । विद्यार्थीलाई देश विदेशसम्म उड्न सक्ने गरी शिक्षारूपी पखेटा हालिदिनुभयो । आफू भने उमेरले साथ दिँदासम्म दुर्गममा रहेको सोही स्कुलको विकासमा निरन्तर खटिइरहनुभयो । पराजुलीको सम्मानमा चेला, समकक्षी तथा इष्टमित्रको संयुक्त प्रयासमा हालै प्रकाशन भएको छ– ‘हेडसर देवीप्रसाद पराजुली’ । यस पुस्तकले शिक्षाको विकासमा उहाँको समर्पणलाई जनसमक्ष ल्याएको छ ।
सहरमा तीन नाटक
नेपाली रङ्गमञ्च अहिले फेरि चलमलाउन थालेको छ । नाटककार लाई भ्याइनभ्याई छ । काठमाडौँका प्रायः नाटकघर अहिले भरिभराउ देखिन्छन् । विभिन्न स्वादका नाटक अहिले नाटकघरमा मञ्चन हुन थालेका छन् । दर्शकमा नाटक हेर्ने उत्साह र जाँगर थपिँदै गएको छ । चलचित्रमा भन्दा अहिले नाटकमा धेरैको लगाव बढेको पाइन्छ । नाटकघरमा अहिले केही नाटक मञ्चन भइरहेका छन् । ‘ऐया माया’, ‘इन्साइड/आउटसाइड–फो’ र ‘कनन हरलता’ अहिले मञ्चन भइरहेका नाटक हुन् ।
२०९ औँ भानु जयन्ती विशेष समारोह
वादविवाद, वक्तृत्व कला, सामूहिक रामायण वाचन, रचना वाचन तथा अन्तरविद्यालय कविता प्रतियोगिता सञ्चालन गरेर कार्यक्रम सम्पन्न भएको हो।
कवि प्राचीनको ‘प्वाँख’ बजारमा
कवि नवीन प्राचीनको कविता सङ्ग्रह ’प्वाँख’ बजारमा आएको छ । नेपालयले प्रकाशन गरेको सङ्ग्रहमा कविले कोमलता र करुणालाई कवितामा उतार्नुभएको छ । सङ्ग्रहमा ८७ कविता सङ्ग्रहित छन् ।