• ११ मंसिर २०८१, मङ्गलबार

इजरायल आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३५ हजार नजिक

blog

गाजा, वैशाख ३० गते । इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या बढेर ३४ हजार ९७१  पुगेको छ  । ७८ हजार ६४१ घाइते भएका छन् ।

हालको द्वन्द्व अक्टोबर ७, २०२३ मा सुरु भएको थियो । गत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय एन्क्लेभमा २८ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ६९ जनालाई घाइते बनाएको छ ।

इजिप्टको कायरोमा बिहीबार इजरायल र हमासबिचको युद्धविरामको वार्ता असफल भएपछि इजरायलले प्यालेस्टिनी सहर रफाहमा आक्रमणलाई तीव्र पारेको छ । यसअघि शनिबार इजरायली सेनाले पूर्वी रफाहमा रहेका प्यालेस्टाइनी बासिन्दाहरूलाई ती क्षेत्रहरूमा हमास लडाकुहरूलाई लक्षित गर्दै आगामी सैन्य कारबाहीहरू उद्धृत गर्दै थप खाली गर्न आदेश दिएको थियो ।  सिन्ह्वा/न्यूज एजेन्सी नेपाल