शुभबहादुर र तीर्थकुमारी सम्मानित
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १९ गते । भजन शिरोमणि भक्तराज आचार्यको नाममा स्थापित ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७८’ सङ्गीतकार शुभबहादुर सुनाम र गायिका तीर्थकुमारीलाई प्रदान गरिएको छ ।शनिबार आयोजित कार्यक्रममा उहाँहरूलाई जनही ५० हजार एक रुपियाँसहित सम्मान गरिएको हो । सुनाम र थापालाई भक्तराज आचार्य र सुशीला आचार्यले सम्मान प्रदान गर्नुभयो । त्यसैगरी कार्यक्रममा ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’ बाट वाद्यवाधक रुपेश सिंहलाई नगद २५ हजार एक रुपियाँ प्रदान गरियो ।
कवि डा. गिरिको एकल कविता वाचन
गोरखापत्र अनलाइनकाठमाडौँ, वैशाख १८ गते । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको मासिक अविरल जनसाहित्य यात्रा’ को ६७ औँ शृङ्खलामा साहित्यकार प्रा डा जीवेन्द्रदेव गिरिका एक दर्जन कविताको प्रस्तुति भएको छ । स्रष्टाहरुलाई मञ्च प्रदान गरी समालोचकीय पृष्ठपोषण प्रदान गर्ने ध्येयले सञ्चालित सो शुङ्खला कोभिड—१९ का कारण केही वर्ष भर्चुअल रुपमा सम्पन्न भएका थिए ।गत महिनादेखि भौतिक उपस्थितिमा पुनः सञ्चालनमा ल्याएको छ । नेपाली भाषा, साहित्य, लोकसाहित्य, बाल साहित्य र संस्कृतिका विषयमा अध्ययन, अनुसन्धान तथा दर्जनौ कृति प्रकाशन गरेका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव एवं प्रगतिशील लेखक सङ्घका निवर्तमान अध्यक्ष डा गिरीको गत वर्ष ‘झुल्के घाम’ कविता सङ्ग्रह प्रकाशित भएको थियो । उहाँका गीत, बाल कविता र फुटकर कविता पनि प्रकाशित छन् । वि.सं.२००९ असार ८ गते सुर्खेतको सिम्तामा जन्मनुभएका डा गिरिले ‘सिम्ताली भाषाको भाषा वैज्ञानिक अध्ययन’ विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । सिङ्गो जीवन प्राध्यापनमा, लोकसाहित्यको अनुसन्धानमा, नेपाली समालोचनाका क्षेत्रमा समर्पित गर्नुभएको छ ।डा गिरिले ‘किसानको गीत’, ‘बज्यै’ (शिखरिणी छन्दको), ‘श्रद्धाञ्जली त्यो विलुप्त बालकप्रति’ र ‘जबज प्यारो’ शीर्षकका कविता वाचन गर्नुभयो । सहयोगी कविहरू नर्मदेश्वरी सत्यालले ‘राम विनय दाइ’ शीर्षकको र ‘बाबा विदेश जानुभो’ शीर्षकको बाल कविता वाचन गर्नुभयो । कवि सुशीला प्रधानाङ्गले ‘झिलिमिली बिजुली’ र ज्ञानु विद्रोहीले ‘सुन्दर’ शीर्षकको शार्दूलविक्रीडित छन्दको कविता वाचन गर्नुभयो । देबु लुइटेलले ‘समर्पण’ शीर्षकको अनुष्टुप छन्दको कविता वाचन गर्नुभयो भने जीतेन्द्र चौधरी र रूपक चौधरीले ‘हा हा कहो न’ शीर्षकको थारु भषामा अनुवाद गरिएको गीत गाउनुभयो ।कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय संस्कृति विभाग प्रमुख रघुजी पन्तले डा गिरिमा मातृभाषा र मातृस्थलका विषयलाई अनुसन्धान र कृतिमार्फत बाहिर ल्याउन योगदान दिनुका साथै रुप र विचारका उहाँका कृतिहरु पठनीय भएको बताउनुभयो । नेता पनतले भन्नुभयो, “कवितामा विचार, भाव, रूप पक्षको सन्तुलन भयो भने कविता उत्कृष्ट हुन्छ । बालक निर्दाेष भएजस्तै बालसाहित्य पनि निर्दाेष हुनुपर्छ । वाचित भएका कविता तथा गाइएका गीतमा बालकविता बढी सुन्दर लागे ।” राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्यको निरन्तरताका लागि खुशी व्यक्त गर्दै डा गिरिको प्रेरणालाई शक्तिमा रुपान्तरण गरी महासङ्घका सात वटै घटकलाई आफ्नो उद्देश्यमा सक्रिय तुल्याउन भूमिका निर्वाह गर्ने बताउनुभयो । समालोचक प्रा डा कृष्णप्रसाद घिमिरेले गिरीका कविता सुनिसकेपछि तत्काल स्रोतालाई प्रभाव पार्ने गुण उहाँका कवितामा पाइने बताउनुभयो । सङ्घका अध्यक्ष राम विनयले अविरल जनसाहित्य यात्रालाई प्रदेशगत रुपमा पनि सञ्चालन गर्ने कार्ययोजना रहेको सुनाउनुभयो । सङ्घका महासचिव प्रकाश सिलवालले डा गिरिको साहित्यिक र सङ्गठनिक योगदानबारे चर्चा गर्दै नयाँ पुस्ताका लागि उहाँको जीवन प्रेरणादायी हुने बताउनुभयो ।
सीमान्तकृत वर्गको आवाज ‘उलार’
आख्यानकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘उलार’ यति बेला कौसी थियटरमा मञ्चन भइरहेको छ ।
नेपाल–भारत साहित्य महोत्सव सुरु
नेपाल–भारत साहित्य महोत्सव शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त महोत्सवले नेपाल–भारत साहित्य र पर्यटन प्रवद्र्धन लक्ष्यसहित महोत्सव आयोजना गरिएको महोत्सवका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।
‘पल्पसा क्याफे’को कमाइ सन्तोषजनक
प्रदर्शनको पहिलो दिनदेखि दर्शकको उत्साहपूर्ण साथ पाउँदै आएको विमल सुवेदी निर्देशित नाटकले पहिलो सातामा पाँच लाख कमाइ गरेको छ । निर्देशक विमल सुवेदीले गोरखापत्रलाई उपलब्ध गराउनुभएको तथ्याङ्कअनुसार नाटकले पहिलो हप्तामा प्रति सो ५५ हजार कमाइ गर्दै कुल पाँच लाख पु-याएको हो ।
चित्रकलामा समर्पित कलाकार एरिना
कलाकार एरिना ताम्राकारको अनुभवमा महिला शक्तिको खानी हो, आफ्नो शक्तिलाई चिनेर जुनसुकै क्षेत्रमा प्रतिबद्धतासहित अगाडि बढे हरेक चुनौतीको सामना गर्न महिला सक्षम छन् । विगत तीन दशकदेखि चित्रकलामै समर्पित कलाकार ताम्राकारलाई देश–विदेशमा यही विधाले चिनाएको छ । कलाको अध्ययन गर्दा नै उहाँ यही क्षेत्रमा सिङ्गै जीवन अर्पित गर्ने प्रणले अगाडि बढ्नुभयो ।
जिन्दगी खोजिरहेको यात्री र पुडुचेरी (निबन्ध)
नयाँ वर्षको पहिलो बिहान । रातिदेखि नै शुभकामनाहरू आउनुपर्ने । म्यासेजको टिङ टिङले निन्द्रा बिथोलिनुपर्ने तर एक्कासि मिश्र सरको फोनले बिउँझिन्छु । ढिलो भइसकेछ । हतार हतार तयार भएर निस्कन्छु । बिहानी सूर्यसँगै उज्यालिएको छ समुद्र र यहाँको परिवेश । समुद्रको यो उज्यालोसँगै म उज्यालो अनुहार सम्झिन्छु, जो अक्सर समुद्र किनारमा मेरो पाखुरा समाएर हिँड्ने रहरमा उज्यालिन्थ्यो । आज यहाँ यतिखेर उनी छैनन् । उनी यहाँ भएकी भए कति खुसी हुन्थिन् होला । कति उत्साहित हुन्थिन् होला । मलाई उनीभन्दा पनि उनी खुसी हुँदाको क्षणले सताउँछ । उनको अनुहारको खुसी देख्न सधँै लालायित हुन्छु म । त्यसो त उनको अनुहारको उज्यालो सम्झिएँ भने अहिले नै अँध्यारो हुनेछ यो समुद्री किनार, भर्खरै उदाएको घाम र यहाँको परिवेश । उनको अनुहार र मनमा रहेको उज्यालोले मेरो जीवनको गोरेटोभरि प्रकाश छरिदिएको छ । मेरो जीवनमा उनको उपस्थितिले मेरो जिउने सिलसिला नै बदलिएको छ ।
यो कस्तो सम्बन्ध ? (कथा)
मेरो पछाडि आएर उभिरहेकी रहिछन् डेवी वार्नेर । आफ्नो काम सकेर फनक्क फर्किंदा डेवी मुसुमुसु हाँसेर मतिर हेरिरहेकी । “ओ डेवी यस्तो जाडोमा पनि तिमी आएकी ?” “उफ् ! सारा आज बाहिर अति नै जाडो छ, तिमीलाई थाहा छ आज कति चिसो छ ?” “सरी मसित अहिले मोबाइल छैन, तिमीले हेरिकी हौ कति चिसो रहेछ ?” “मैले घरबाट निस्किँदै हेरेको, माइनस १५ डिग्री छ ।”
साहित्यमा तेस्रो आयाम
‘आयाम’ मा ‘इक’ शब्दको योगबाट बनेको आयामिक शब्दमा ‘साहित्य’ शब्दसमेत मिलेर बनेको साहित्यको विवेचनामा प्रयोग हुने पारिभाषिक पदावली हो आयामिक साहित्य । आयाम भन्नु फैलावट र विस्तार पनि हो । आयामिक वा आयामेली शब्दले लम्बाइ, चौडाइ र गहिराइ सबै मिलेको आयामसँग सम्बन्धित पदावली हो भन्ने बुझिन्छ । सन् १९६३ को मईमा बैरागी काइँला (तिलविक्रम नेम्बाङ)को सम्पादनमा तेस्रो आयाम पत्रिका पहिलोपल्ट प्रकाशित भयो । यसै पत्रिकामा आयामिक साहित्यको सिद्धान्त प्रकाशित भयो र यसैलाई नेपाली साहित्यको इतिहासमा आयामेली आन्दोलन भनियो । यसले यतिखेरसम्मको नेपाली साहित्यमा गहिराइ र घनत्व नभएका कारण अबको साहित्य आयामिक हुनुपर्ने स्थितिको बोध गरेर यो आन्दोलनको सुरुआत भएको थियो । यस सिद्धान्तका प्रवर्तक इन्द्रबहादुर राई, ईश्वरबल्लभ र बैरागी काइँलाले आरम्भ गरेका यस आन्दोलनले नेपाली साहित्यमा नयाँ अभियानको रूप लियो । यसका प्रेरक विचारहरूमा जेस्टाल्टवाद, घनत्ववाद, हेलियोग्राफ, सामूहिक अवचेतन आदिको भूमिका रहेको थियो ।
नागबेली बनेका एक मूर्तिकार
सुलुलु सर्प हिँडेको बाटो वा पहाड, खोँच र कन्दरा हुँदै बगेको नागबेली नदी । अझ हिँड्नु भएको छ भने घुम्ती नै घुम्तीले सुन्दराकृति देखिने बर्दिबासको सडक । हो यस्तै घुमाउरो तर सुन्दर लाग्छ मूर्तिकार ताराप्रसाद ओझाको जीवन पनि । भोग्नका लागि कति सहज भयो वा कति कठिन छ ? यसको उत्तर उनीभित्रै होला तर देख्नेका लागि ताराप्रसादको जीवन घुम्ती हुँदै बगेको सुन्दर नदी वा पहाडको चुचुरोसम्म पुग्न बनाइएको नागबेली सडकजस्तै लाग्छ ।
‘लेन्सबाट फोटो पत्रकारिता’ प्रदर्शनी
भनिन्छ, एउटा फोटोले हजार शब्दको बयान गर्छ । त्यो शब्द बयान गर्न एक फोटोपत्रकारले गरेको मेहनत भने कसैले देखेको हुँदैन । त्यही मेहनतलाई प्रस्तुत गर्ने फोटोपत्रकार क्लबको आयोजनामा ‘लेन्सबाट फोटो पत्रकारिता’ शीर्षकमा फोटा प्रदर्शनी गरिएको छ ।
साहित्य देशको मुटु हो
विगत २३ वर्षदेखि अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्दै आउनुभएका गीतकार ज्ञानेन्द्र गदाललाई गीतसङ्गीत, कविता, कथा, गजललगायतका विभिन्न साहित्यिक लेखनमा रुचि छ । कोरानाका कारण आफ्नो देश नेपाल आउन नपाउनुभएका गदाल अहिले चार वर्षको अन्तरालपछि नेपाल आउनुभएको छ ।
अलमलमा वैशाख (कविता)
साम्ब ढकालकालचक्रको अर्को फर्लाङ नाघेरअन्ततः सँघारमा छ वैशाखछ न त छ तर अलमलमा छ ।भोलिको अस्पष्ट तस्बिर छातीमा टाङेरढलपल ढलपल हिँडिरहेको वैशाख यसै उसै अलमलमा छ ।आँखाभरिको सबैभन्दा सुन्दर सपनाका लस्कर तितरबितर पारेरनीरस र शुष्क दृश्यांशको थोत्रो क्यानभास वर्तमानको भित्ताभरि टाँसेर किंकर्तव्यविमूढमा छ वैशाख ।सुक्न नपाएर गालाभरि आँसुका टाटैटाटा बोकेरप्रारब्धका हत्केलाले छोप्दै÷ देखाउँदै विद्रूप अनुहारलड्खडाउँदै लड्खडाउँदै खै कता हिँडिरहेछ वैशाख ।जुगौँ जुग बित्छ कि क्या हो हिम्मतिलो वैशाखको काँधमा चढेर संसार हेर्ने धोको पूरा हुनयो जुनीमा पुग्दैन कि क्या हो सुख र चैनको लामो श्वास तानेर रनबन डुल्ने यादृच्छापलपल मृत्युछायाले दपेटिरहेकाले होला प्रत्येक आगतहरूसँग जीजिविषा विनिमय गर्न वैशाख पर्खिरहेछु ।पट्यार लाग्दा दिनहरूको खातमा खात थप्दैनिख्रिसकेर विगत बनिसकेको वैशाखको भो फेहरिस्त नपढूँ होला आजकल वैशाख आफैँ बिरामी हुँदैरोगी समय ओसारी रहेको टुलुटुलू भो नहेरौं होलासबैभन्दा सुरम्य याम पर्खेको युगौँ भयो यही वैशाखमा आउँछ होला भनेर विश्वस्त हुँ कि नहोऔं होलाखासमा मैले –मेरै देशको महक बोकेर आउने वैशाख खोजेकोमेरै गुराँसको रक्ताभ र हिमालको श्वेताभ बोकेर आउने वैशाख खोजेकोमेरै अन्नको मिठास उबाएर पियाउने वैशाख खोजेकोम त अलमलमा छु, छु अब त वैशाख पनि कस्तो वैशाख भएर आउने हो अलमलमा छ । ‘गन्तव्य’ चिल्ड्रेन पार्क सडकहेटौँडा–४, हुप्रचौर ।
सत्ता र सत्य (कविता)
स्नेह सायमिमैले भनेँम तिमीसँगसँगैकाम गर्न चाहन्छु,चालीस वर्षअघिपरिवर्तनकोजे शिक्षा दिएका थियौ तिमीलेत्यो आजतिमीले सत्ताको बागडोरसम्हालेको बेलाआम मानिसको पक्षमाकेही गर्न चाहन्छु,यसो भन्दै गर्दाउसले मतिर यसरी हे¥योजसरी बाजले सिनोलाई हेर्छअग्लो घरबाट सडकमाउसले यसरी थुक्योजसरी पान चपाउनेलेसफा भित्तामा थुक्छअनि भन्यो–हिजोको कुराहिजोको परिचयहिजोको वाचाभो यो नयाँ दिनमानसम्झाउनुयो पुरानै कुरामालागिरहने सोचनदोहो¥याउनुभोटलेतार्किक र तर्कहीनअनुशासित र अनुशासनहीनबीचकुनै दुरीनदेख्दो रहेछहामीलाईआँखा भएका अन्धाहरूभए पुग्छहामीलाईनयाँ लुगामा सजिएकाहिँडिरहनेलासहरूबाटैकाम चल्छनयाँ सत्तामापुरानो मान्छेपुरानो विचारपुरानो यादपुरानो कसमभोनसम्झाउनु ।
अर्को जन्म (कविता)
दिनेश अधिकारी मेरो घर अघिल्तिर वर्षौंंदेखिठिङ्ग उभिएको छ एउटा रुखरुख हुनुको अर्थ हो–मान्छे वा माटोलेभन्दा पहिलेचट्याङ व्यहोर्नु,वर्षात् सहनु,बटुलेर हावाको गतिफेदमा बस्नेहरूका लागि शीतलता हम्कनु,टोड्कामा बचेराहरू हुर्काउनु,र, चराहरूलाईनाच्दै गीत गाउनका लागिहाँगाको आँगन दिनु !मसँगै हुर्किएको यो रुख !कम्तीमा पनिकपालले जनाउने मेरो तिलचामले उमेरयसले पनि बिताएको छपाको भएपछिबाँच्न दिँदैन मान्छेले रुखलाईअब निश्चित छआजभोलिमै यो कसैको हातबाट गिँडिनेछआँखाभरि चित्राङ्कन गरिरहेछु म यसको भविष्य–कुनै पनि बेला–टुक्राटुक्रामा काटिएपछियो, कतै पुल र कतै दलिन बन्नेछ,कतै झ्याल–ढोकाका खापार कतै दराज वा मेच–टेबुल भएर जन्मनेछ,टुक्रिँदैर ताछिँदै अन्यत्र काम नलाग्ने भएपछि त्यही काम नलाग्ने अंशपुसको ठिहीमा आगो भएरकुनै एक साँझ केटाकेटी वा बूढाबूढीको निम्ति न्यानो छर्दैमकल वा अँगेनामा बौरनेछ,र, खरानी भएपछि अर्को कुनै बिरुवाको फेदमा मल भएरमाटोसँग मिसिनेछअहा ! कति जाति हुन्थ्योम पनि रुख भएर हुर्कन पाएको भएछ भने अर्को जन्ममलाई रुखकै जीवनर, रुखकै मरण भोग्न मन लागेको छ ! dhadhikari@ gmail.com
जनकलाल शर्मा : एक अनुस्मृति
व्यक्तिका हैसियतले जनकलाल शर्मा नारिकेल समान सरस थिए । उनमा भएको गम्भीरताले चिन्तनशीलतालाई सङ्केत गरेको हुन्थ्यो । खुलस्त स्वभावको अनुभव नहुने उनको व्यक्तित्वमा एउटा रहस्यात्मक विषयमा केन्द्रित हुनुपरेको परिस्थितिलाई प्रतिविम्बन गर्ने शक्ति भएको आभास हुन्थ्यो । विभिन्न साहित्यिक सभा समारोहको मौन उपस्थितिले शर्मालाई अधिकांश व्यक्तिले चासो नलिएको पाइन्थ्यो । बाह्य व्यवहारको चल्तीमा न्यूनतम भूमिका भएका अधिकांश व्यक्तिका पङ्क्तिमा शर्माको अग्रणी स्थान थियो भन्नुमा खासै आपत्ति नपर्ला । यस्ता बाह्य व्यवहारका सिलसिलामा मुखर र अग्रसर नहुने केही व्यक्तिहरू आफ्ना रुचि र सङ्कल्पमा प्रखर र गम्भीर हुन्छन् भन्ने दृष्टिकोण उनका लागि सार्थक देखिन्छ । व्यक्ति अपेक्षित हुन र उपेक्षित हुनमा ऊ स्वयं जिम्मेवार हुन्छ ।
पल्पसा क्याफे मञ्चन
मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’मा आधारित नाटक ‘पल्पसा क्याफे’को मञ्चन भइरहेको छ । लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गर्नुभएको हो ।
साहित्यकार हृदयकाे स्मरणमा निबन्ध प्रतियाेगिता हुँदै
काठमाडाैं, वैशाख १२ गते । नेवाः विद्यार्थी युनियनको आयोजनामा ‘क्याम्पसमा नेपालभाषा विद्यार्थी कसरी संख्या बढाउन सकिन्छ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिता हुने भएको छ । नेपालभाषाका साहित्यकार कवि केशरी चित्तधर हृदयकाे जेठ १२ गते परेकाे जन्मोत्सवमा साे प्रतियोगिता हुने लागेकाे युनियनका अध्यक्ष रिदेन महर्जनले जानकारी दिनुभयाे । प्रतियोगितामा प्रथम, द्धितीय, तेस्रो र सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ।
नयाँघरेको ‘याकजी’
निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध सङ्ग्रहको विमोचन भएको छ । प्राज्ञ तथा नाटककार अशेष मल्लले विमोचन गर्नुभएको उक्त नियात्राका कृति तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ । यो कृति यात्रा मात्रै नभएर सामाजिक रूपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो, नाटककार मल्लले भन्नुभयो ।’
गुरुकुलमा नाटक ‘स्कुल’
दिलीप बान्तवाको कथामा आधारित नाटक ‘स्कुल’ मञ्चन हुने भएको छ । सुरज तमूको निर्देशन र परिकल्पना रहेको नाटक थापागाउँस्थित गुरुकुल थिएटरमा मञ्चन हुन लागेको हो । नाटक स्कुलमा भाषाको कारण विद्यार्थीमा कस्तो असर पर्ने विषयमा प्रस्तुत रहेको छ ।
शिक्षाविद स्वर्गीय लक्ष्मण राजवंशीद्वारा लिखित पुस्तक विमोचन
काठमाडौं, वैशाख १२ गते । सिद्धार्थ वनस्थली इन्ष्टिच्युटका संस्थापक प्रचार्य, शिक्षाविद् एवं सहित्यकार स्वर्गीय लक्ष्मण राजवंशीद्वारा लिखित कृति ‘गुली सहयोयगु’ पुस्तकको विमोचन गरिएको छ । आइतबार उहाँको प्रतिमा अनावरण गरी उहाँद्धारा लिखित कृतिको कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति जापानका लागि पूर्व राजदूत केदारभक्त माथेमाले पुस्तकको विमोचन गर्नुभएको थियो । संविधानसभा सदस्यको ज्येष्ठ सदस्यबाट सभामुखको समेत भूमिका निर्वाह गर्नुभएका राजवंशी २०७८ वैशाख ११ गते स्वर्गारोहण हुनुभएको थियो । स्वर्गीय राजवंशीका श्रीमती शोभा राजवंशीद्वारा प्रतिमामा माल्यार्पण गरी स्मृति दिवस मनाइएको थियो । विद्यालयका प्रचार्य रुपक राजवंशीद्वारा कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा पूर्वविद्यार्थीको समेत उपस्थिति थियो ।
विद्रोहको कथा ‘खत’
यो मैले कस्तो युद्ध जितेँ ? मैले युद्ध जितेँ कि हारेँ ? हामीले युद्ध जितेर ल्याएको परिवर्तन कसका लागि हो ? यिनै प्रश्नहरूको जवाफ नाटक ‘खत’ भित्र छ । ‘खत’ सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको नाटक हो । निर्देशक भारतीले १ घण्टा ४५ मिनेट अवधि लामोे नाटकमार्फत नेपाली समाजलाई केही प्रश्न गरेका छन् ।
वास्तुकलाका ज्ञाता वैद्य लाइफ टाइम एचिभमेण्टबाट सम्मानित
चित्र, संगीत तथा वास्तुकलाका ज्ञाता हरिप्रसाद वैद्य लाइफ टाइम एचिभमेण्टबाट सम्मानित हुनुभयो । वैद्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले लाइफ टाइम एचिभमेण्टबाट सम्मान गर्नुभएको हो ।
भैरव अर्यालको प्रतिमा अनावरण
काठमाडौं, वैशाख १० गते । साहित्यकार भैरव अर्यालको प्रतिमा अर्यालको थाकथलो जोरपाटी अर्याल गाउँमा अनावरण गरिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ७ मा रहेको अर्याल गाउँमा साहित्यकार÷पत्रकार रोचक घिमिरेले शनिवार उहाँको प्रतिमा अनावरण गर्नुभएको हो । भैरव पुरस्कार गुठीका अध्यक्षसमेत रहनुभएका घिमिरेले नेपाली व्यङ्ग्य साहित्यका महान् सर्जक अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । व्यङ्ग्य साहित्यबाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहनुभएको घिमिरेले बताउनुभयो । साहित्यकार विजय चालिसेले व्यङ्ग्य साहित्यमा अर्याललाई कसैले अहिलेसम्म चुनौती दिन नसकेको दाबी गर्नुभयो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङले राष्ट्रकै गहना अर्यालको सम्मान गर्न पाउँदा नगरपालिका परिवार गौरवान्वित भएको बताउनुभयो । अर्थविद् डाक्टर रेवतबहादुर कार्कीले अर्यालको व्यङ्ग्य साहित्य उच्च कोटीको रहेको बताउनुभयो ।स्थानीय पुण्यप्रसाद दाहालले अर्यालको प्रतिमालाई उहाँकै पुख्र्यौली थाकथलोमा राख्न पाउँदा गौरव लागेको बताउनुभयो । तत्कालीन जोरपाटी गाविसका अध्यक्ष तथा साहित्यकार गोपाल बरालले भैरव पुरस्कार गुठीले स्थापनाकालदेखि गर्दै आएको गतिविधिबारे प्रकाश पार्नुभयो ।समाजसेवी अर्जुन गौतमको सभापतित्वमा भएको कार्यक्रममा अर्यालका ज्येष्ठ सुपुत्र प्रा।डा। दीपक अर्यालले यस्ता रचनात्मक कार्यमा परिवारजनको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।