वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने पक्राउ
वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
कुटपिटका कारण ४५ वर्षीय पुरुषको मृत्यु
ओखलढुङगा कटपिटका कारण ४५ वर्षीय पुरुषको ज्यान गएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका–१ कुईभीरका ४५ वर्षीय रामकुमार राईको कुटपिटका कारण ज्यान गएको हो ।
नयाँ नम्बरबाट फोन र नयाँ 'आइडी'बाट मेल आउँछ ? सावधान !
काठमाडौँ, माघ ४ गते । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन्? आइरहेकाे छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउनसक्छ । नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन आग्रह गर्नुहुन्छ । त्यसरी अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भर पर्दा र प्रतिक्रिया जनाउँदा मानिसहरू ठगिएकाले यसतर्फ विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको हो । प्रहरी उपरीक्षक अवस्थीले पछिल्लो समय साइबर ब्यूरोलगायत नेपाल प्रहरीका विशिष्टीकृत कार्यालयहरू र नेपाल प्रहरीकै उच्च अधिकारीहरूको नाम तथा दर्जा प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई चेतावनीयुक्त इमेलहरू प्राप्त भएको जस्ता गुनासाहरू नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा प्राप्त भएकाले यसतर्फ ब्यूरोको समेत गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल प्रहरी साइबर ब्यूरोलगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू नक्कली भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न साथै कुनै प्रतिक्रिया नदिन सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध छ ।”त्यसरी आएका इमेलका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको तथा कुनै शङ्का लागेमा ब्यूरोको आधिकारिक वेबसाइट https://cyberbureau.nepalpolice.gov.np/ मा रहेका सम्पर्क नम्बरहरू र इमेलमार्फत जानकारी गराउन सबैमा अनुरोध गरिएको छ । ब्यूरोले एक सार्वजनिक सूचना जारी गरेर त्यस्ता गतिविधिप्रति सचेत हुन र कुनै शङ्का लागेमा नजिकका प्रहरीमा जानकारी गराउन अनुरोध पनि गरेको छ । रासस
युके र दुबई पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेतासहित दुई जना पक्राउ
चार सय ३१ किलो रक्त चन्दनसहित सिन्धुपाल्चोकका माओवादी नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई जना पक्राउ
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
चिनियाँ नागरिकको अपहरण आरोपमा चार भारतीय पक्राउ
मकवानपुरको भीमफेदीबाट प्रहरीले चिनियाँ नागरिक अपहरणको आरोपमा चार जना भारतीय नागरिक नियन्त्रणमा परेका छन् । काठमाडौँबाट मङ्गलबार चिनियाँ नागरिक अपहरण गर्ने कार्यमा संलग्न भएको अभियोगमा भिमफेदी गाउँपालिका –६ स्थित जुरिखेतबाट भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ बाट एक सय ११ किलोग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
भन्सार छलीका सामानसहित दुई पक्राउ
भन्सार छलीका सामानसहित प्रहरीले रौतहटको दुर्गाभगवती गाउँपालिका ५ बागमती नदी किनारबाट दुई जनालाई पक्राउ गरेका छन् ।
बालक अपहरण गर्ने तीनजना पक्राउ
सर्लाहीमा एक भारतीय बालकलाई अपहरण गरी बन्धक बनाएर राख्ने तीनजना पक्राउ परेका छन् ।
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरु सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।
ठेकेदार र हाकिमको मिलेमतोले १० वर्षसम्म पुल नबनेपछि स्थानीय आन्दोलित
लामो समयदेखि पुल निर्माण नहुनु तथा सडक स्तरोउन्ती नभएपछि गण्डकी प्रदेशलाई तराई जोड्ने छोटो दूरीको बुद्धसिंह मार्गका उपभोक्ता आन्दोलित भएका छन् । आन्दोलित बासिन्दाले सडक अवरोध गर्नुका साथै सडकमै धर्ना दिएका छन् ।
मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ
नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ।
युरोपको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ
रोजगारीका लागि युरोपका विभिन्न मुलुकमा पठाइदिने भनी ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
टीकापुर जग्गा प्रकरण : सतासी जना दोषी ठहर
कैलालीको टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा ८७ जना दोषी ठहर भएका छन् ।
४४ हजार क्याप्सुल लागूऔषधसहित तीन पक्राउ
धरान उपमहानगरपालिकाबाट ४४ हजारभन्दा बढी क्याप्सुल लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सहकारीका प्रबन्धक कुट्ने वडाध्यक्षसहित पाँच प्रक्राउ
सहकारीको प्रबन्धकलाई कुटपिट गरेको आरोपमा तनहुँमा प्रहरीले एकजना जनप्रतिनिधि सहित पाँच जनालाई पक्राउ गरेको छ । भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँचजना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अशोककुमार थापाले बताउनुभयो ।
अख्तियारका अधिकृतलाई घुस दिने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ
जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् ।
पोल्यान्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर, ललितपुर महानगरपालिका–६ बस्ने ३६ वर्षीय रूपेश महर्जन रहेका छन् ।
लागूऔषधसहित पाँच पक्राउ
कैलाली प्रहरीले लागूऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
२४ किलो बढी चरेससहित तीन पक्राउ
दाङमा प्रहरीले २४ किलो बढी अवैध लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।