• २२ जेठ २०८२, बिहिबार

पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्धन गरिँदैबाबुराम कार्की

blog

वराहक्षेत्र, जेठ २० गते  । कोशी प्रदेशमा पर्यटन वर्ष २०८२ चलेसँगै पर्यटकको चहलपहल सुरु भएको छ । रमणीय कोशी भन्ने नाराका साथ सुरु भएको पर्यटन वर्षमा पर्यटकलाई आकर्षित गर्न प्रवर्धनका काम भइरहेका छन् । 

प्राकृतिक, पुराताìिवक, ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको यस प्रदेशमा पर्यटन क्षेत्रको गन्तव्य पहिचान भइरहेको छ । पर्यटन वर्षमा प्रदेशमा रहेका पर्यटकीय गन्तव्यको पहिचान गर्ने, छनोट गर्ने र पर्यटनका बारेमा बुझाउने र जनचेतनामूलक कार्यक्रम गरिँदै आएको कोशी प्रदेश पर्यटन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले पर्यटकीय स्थलको प्रवर्धाको कामलाई तीव्रता दिइरहेको कोशी प्रदेश पर्यटन वर्ष निर्देशन समितिको सदस्य वासुदेव बरालले बताउनुभयो । बराल भन्नुहुन्छ, “भ्रमण वर्षका लागि पर्यटन वर्षको तयारी गरिँदै छ । भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई अप्ठ्यारोमा पार्ने नीति, नियम एवं कानुनी समस्याको समाधान पर्यटन वर्षमा गरिने छ ।” 

नेपाल घुम्न आउने एक जना भारतीय पर्यटकले पच्चिस हजार रुपियाँ मात्र ल्याउन पाउने व्यवस्था भएकोमा भ्रमण वर्षका लागि पाँच लाखदेखि छ लाख रुपियाँसम्म नेपाली पैसा ल्याउन पाउने व्यवस्थाका लागि लबिङ भइरहेको बरालले बताउनुभयो । भारतीय गाडीलाई बाटो बाटोमा पैसा उठाएको गुनासा आउन थालेपछि गाडीमा स्टिकर लगाउने व्यवस्था गरिएको  छ । स्टिकर लगाएको गाडीमा पैसा उठाउन नपाइने व्यवस्था लागु भइसकेको बरालले स्पष्ट पार्नुभयो । 

कोेशी प्रदेशमा ८२ ओटा पर्यटकीय गन्तव्यको पहिचान भइरहेको बताइएको छ । तीमध्ये पनि पहिलो, दोस्रो, तेस्रो गन्तव्य कुन हो भनेर छुट्याउने काम भइरहेको छ । धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण कोशी प्रदेशमा पर्यटनको कुन क्षेत्रलाई बढी प्राथमिकतामा राखेर प्रवर्धन गर्ने भन्ने विषयमा प्रव्रिmयागत ढङ्गबाट छलफल अगाडि बढेको बताइएको छ । प्रदेशका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु भएको छ । 

मुलुकमा सङ्घीयता कार्यान्वयनको प्रारम्भदेखि पर्यटनलाई प्राथमिकतामा राखेर कोशी प्रदेश सरकारले पर्यटनका क्षेत्रमा काम गर्दै आएको छ । प्रदेशको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यव्रmम अनुसार भ्रमण वर्षको तयारी भइरहेको छ ।  पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसम्बन्धी कानुन, मापदण्ड र योजना निर्माण, पूर्वाधार विकास, पर्यटन प्रवर्धन र नियमन, पर्यटक प्रहरी व्यवस्थापन, पर्यटकीय सेवा क्षेत्रको नवीकरणलगायतका कार्य गर्दै आइरहेको मन्त्रालयले जनाएको छ । प्रदेशका चौध जिल्लालाई कार्य क्षेत्र बनाएर मन्त्रालय मातहतमा पर्यटन विकास आयोजना, पर्यटन कार्यालय धरान र काँकडभिट्टाका कार्यालयले सेवा प्रवाह गरिरहेका छन् । 

प्रदेशको विविधताले दिएको अवसर तथा सम्भावनालाई नागरिकको जीवनस्तर उकास्ने माध्यम बनाउँदै स्थानीय अर्थतन्त्रका साथै समग्र प्रदेश तथा राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्ने उद्देश्य राखिएको कोशी प्रदेश पर्यटन वर्ष निर्देशन समितिको सह संयोजक कृष्ण साहले बताउनुभयो । कोशी प्रदेश पर्यटन वर्ष २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरी पर्यटन वर्षका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्रको सहकार्यमा विविध व्रिmयाकलाप सञ्चालन गरिने बताइएको छ ।