• २६ पुस २०८१, शुक्रबार

४४ हजार क्याप्सुल लागूऔषधसहित तीन पक्राउ

blog

निशा राई

धरान, पुस २६ गते । धरान उपमहानगरपालिकाबाट ४४ हजारभन्दा बढी क्याप्सुल लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

बिहिबार राति धरान-१६ जोरसखुवा बस्ने २४ वर्षीय सुमित भुजेललाई जोरसखुवाबाट हेमराज सुवेदीको कमाण्डमा खटिए‌को गस्ती टोलीले चेकजाँच गर्दा भुजेलले प्लास्टिकको झोलामा लागुऔषध ट्रामाडोल-१ सय (क्याप्सुल), ट्रामानिल-९०० (क्याप्सुल) र नियन्त्रित औषधी स्पासपेन-१ हजार (क्याप्सुल) सहित फेलापारी भुजेललाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दिवस कुवरले जानकारि दिनुभयो ।

त्यसैगरि सोही दिन प्रहरीनिरीक्षक कोमल ठाकुरको कमाण्डमा खटिएको प्रहरी टोलीले धरान-८ सिद्धार्थ मार्गस्थित कुमार खत्रीको घरमा डेरा गरी बस्ने जिल्ला सुनसरी हरिनगर गाउपालिका-४ बस्ने ३१ वर्षीय अरसद अन्सारी र भुटाहा बस्ने ४५ वर्षीय जियाउल अन्सारी समेतले लागूऔषध कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचना पाएका थिए । साेही सूचनाकाे आधारमा दुबै जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरान सुनसरीको प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताउनुभयो ।

पक्राउ परेकाहरुको डेराकोठा खानतलासी गर्दा उक्त कोठाको खाटमुनि कालो झोला तथा रातो कालो जेब्रा झोलासमेतमा लुकाईछिपाई राखेको अवस्थामा लागूऔषध ट्रामोल-५० लेखिएको ४२ हजार छ सय क्याप्सुल फेला परेको हुँदा उक्त लागूऔषध बरामद गरी निजहरु तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्या थप अनुसन्धान भइरहेको जबेगुले बताउनुभयो ।