चिया विकास निगमका सिनियर एकाउन्टेन्टसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल चिया विकास निगम लिमिटेड, बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट सञ्जय बिलोटियासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
लागूऔषधसहित दुई जना पक्राउ
सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिका ६ मा अैध लागूऔषधसहित दुई जानलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीका जलाधार व्यवस्थापन अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अमेरिका पठाइदिने भन्दै पाँच करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ
नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाई पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ
पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समीर सुनार तथा सोही ठाउँका २९ वर्षीय मिलन बिक रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
कर्तव्य ज्यान मुद्दामा फरार महिला पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका –१३ एगौली निवासी ४० वर्षीया हिरा बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ ।
बालमन्दिरको २८ रोपनी जग्गा दुरुपयोग, २० जनाविरुद्ध पक्राउ पुर्जी
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरुपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह तथा वृहस्पति विद्या सदनका सञ्चालक पुरुषोत्तमराज जोशीबिचको मिलेमतोमा बाल सङ्गठनको स्वामित्वमा रहेको २८ रोपनी पाँच आना एक पैसा जग्गा दुरुपयोग गरेको उजुरीका आधारमा सिआइबी त्यसमा संलग्नहरूमाथि पक्राउ पुर्जी जारी गरी अनुसन्धान अघि बढाएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
मुख्यमन्त्रीको पिए हुँ भनी ठग्ने पक्राउ
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको स्वकीय सचिव (पिए) हुँ भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जलेश्वरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
चोरले एक तोला सुन निलेपछि.......
फिदिम नगरपालिका २ की विष्णुमाया तामाङको घरमा गत बुधवार राती चोर पस्यो । दराज खोलेर नगद र सुन चोरिरहेको थाहा पाएपछि तामाङले हार गुहार गर्नुभयो ।
२७ ठेकेदार कम्पनीलाई स्पष्टीकरण, कालोसूचीमा राख्ने तयारी
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई स्पष्टीकरण सोधिएको छ । ठुला मानिने ठेकेदार कम्पनीहरूले राजनैतिक आडमा निर्माण र आपूर्तिलाई बेवास्ता गर्दै देश विकासमा वाधा सिर्जना गरेपछि कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोधेको कार्यालयले जनाएको छ ।
तनहुँ कारागार १३४ क्षमता, कोचाकोचमा ३२३ कैदीवन्दी
जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
फेसबुकमा नाबालिकाको चरित्र हत्या गर्ने शिक्षक पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाको चरित्र हत्या गर्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।
भन्सार तथा राजस्व छली गर्ने दुई जना पक्राउ
प्रहरीले अवैध रूपमा चाइनिज मुद्रा नेपाल भित्र्याइ भन्सार तथा राजस्व छली गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
सुनसरीबाट एक क्विन्टल गाँजा बरामद
सशस्त्र प्रहरीले सुनसरीबाट एक क्विन्टल गाँजा बरामद गरेको छ ।
लुटपाटपछि महिलाको हत्या
झापा बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा लुटपाट गर्ने समूहले एक एकल महिलाको बीभत्स हत्या पछि लुटपाट गरेको छ ।
वनमा आगो लगाएको अभियोगमा पक्राउ
वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
सुनीललाई नौ वर्ष कैद सजाय
विशेष अदालतले नेसनल पेमेन्ट गेटवे (एनपिजी) खरिद प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडललाई नौ वर्ष कैद सजाय सुनाएको छ । वैशाख ७ गते दोषी ठहर भएका पौडेलको मङ्गलबार सजाय निर्धारण भएको हो । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अदालतले नौमध्ये आठ जनालाई भने सफाइ दिएको थियो ।
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
सूर्यविनायक नगरपालिका ‐९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आउँदैगरेको ना ५ ख २३६१ नम्बरको निजी गाडीले पैदलयात्रीलाई आज साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
१३ लाख १५ हजार रुपियाँसहित एक पक्राउ
पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख १५ हजार रुपियाँसहित एक २८ वर्षीय युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका १४ गण्डकचोकस्थित सडक खण्डबाट प्रहरीले स्रोत नखुलेको सो रकमसहित युवकलाई पक्राउ गरेको हो ।
अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने पक्राउ
प्रहरीले अमेरिका पठाउने भनी एक करोड १८ लाख ५९ हजार रुपियाँ लिई सम्पर्कविहीन रहेका ४१ वर्षीय तेजराम चौधरीलाई पक्राउ गरेको छ।