निर्वाचनका तीन सय उच्छृङ्खल घटनाको छानबिन जारी
प्रहरीले निर्वाचनको अवधिमा अवरोध गर्दा भएको तीन सय घटनाको छानबिन गरिरहेको छ । स्थानीय तह निर्वाचनलाई प्रभाव पार्ने गरी उच्छृङ्खल गतिविधि गर्दा भएको ती घटनाको प्रहरीले कारबाही थालेको छ ।
‘बलात्कारीलाई कार्बाहीको कानून संशोधन चालू अधिवेशनमै’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कार गर्नेलाई कानूनी कार्बाहीको प्रक्रियामा ल्याउन कानून संशोधन गर्न चालू अधिवेशनमा सरकारी विधेयक संसद्मा पेश गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बलात्कार आरोपित पाण्डेमाथि थप अनुसन्धान सुरु
बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
प्रदर्शन चर्किदै जाँदा किशोरीमाथि यौन दुर्व्यवहारका आरोपित पाण्डे पक्राउ
सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको छ।
करणी अभियोगमा म्यादी प्रहरी पक्राउ
सुरुङ्गा, जेठ ७ गते। प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्रिएको छ। पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नम्बर २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो। उनले मङ्गलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ।पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो। स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन्। रासस
महिला हिंसासम्बन्धी अनुसन्धानमा सहयोग गर्न गृह मन्त्रालयको अनुरोध
गृह मन्त्रालयले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा महिला हिंसासम्बन्धी प्रकाशित सामग्रीको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महिला हिंसासम्बन्धी भिडियोको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडौं, वैशाख ६ गते। गृह मन्त्रालयले केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।सो भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ।प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहनुभएको छ। समितिले शुक्रबारबाटै काम सुरु गरेको जानकारी पनि गृह मन्त्रालयले दिएको छ।
बुटवलमा बम विस्फोट गराएको आरोपमा तीन पक्राउ
स्थानीय तह निर्वाचनको अघि बुटवलको मिलनचोकमा प्रेसकुकर बम विस्फोट गराउने तीनजना पक्राउ परेका छन् । जेठ १ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको निर्णय
मतदानका दिन हिजो उदयपुरको कटारी नगरपालिका –१० मा एकजनाको ज्यान जानेगरी फायर खोल्ने प्रहरीमाथि छानविन गरी दोषीलाई निलम्बनसहितको कारवाही अगाडी बढाउने भएको छ ।
सागकी स्वर्ण विजेता भारोत्तोलन खेलाडी सञ्जु मृत अवस्थामा फेला
चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेकी भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा भेटिनुभएको छ । १३औँ दक्षिण एसियाली खेलकद (साग) की स्वर्णधारी सञ्जु ललितपुरको लुभु स्थित भारोत्तोलन प्रशिक्षक सन्जय मर्हजनको घरमा मंगलबार बिहान मृत अवस्थामा भेटिनुभएको हो ।
निर्वाचन विरोधी गतिविधि नगर्न गृहको आग्रह
गृह मन्त्रालयले स्थानीय निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग अनुरोध गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत मन्त्रालयले वैशाख ३० गते देशभर एकै चरणमा हुने स्थानीय निर्वाचनमा हरेक नागरिकले राजनीतिक अधिकार स्वरुप प्राप्त मताधिकारको स्वतन्त्र रुपले प्रयोग गर्न पाउनुपर्ने उल्लेख छ ।
अवैध लागूऔषधसहित पक्राउ
सिन्धुली कमलामाई नगरपालिका–९ भीमानस्थित सार्वजनिक शौचालय नजिकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
एक थान कटुवा पेस्तोलसहित पक्राउ
लमही नगरपालिका-३ मझगाउँस्थित प्रतीक्षालयबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
भोट माग्न नपाउने भन्दै माओवादी कार्यकर्ताबाट काँग्रेस कार्यकर्तामाथि कुटपिट
नेपाली काँग्रेसलाई भोट माग्न नपाउने भन्दै बलेफी गाउँपालिका–५ बिज्याल आपँबोटेमा नेकपा (माओबादी केन्द्र) कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई निर्घात कुटपिट गरेका छन् ।
छोराद्वारा बाबुआमाको हत्या
ताप्लेजुङ, वैशाख २३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा छोराले आफ्ना वृद्ध बाबुआमाको हत्या गरेका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको गोटीछाँगामा २५ वर्षीय आइतराज लिम्बूले आफ्ना बाबु ७० वर्षीय बृखबहादुर लिम्बू र आमा ७२ वर्षीया फिपरानी लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो । प्रहरी प्रमुख राईका अनुसार बिहीबार साँझतिर आइतराजले धारिलो हतियार खुकुरी प्रहार गरी बाबुआमाको हत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घरायसी विवादका कारण बाबुआमामाथि खुकुरी प्रहार गरेका प्रहरीको प्रारम्भिक अनुमान छ । यता घटनामा संलग्न आइतराजलाई बिहीबार राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको स्थलगत अध्ययन तथा मुचुल्का उठाउनलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दानबहादुर मिरिङ्तेनको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगिसकेको जनाएको छ । मृतकको पोष्टमार्टमका लागि सदरमुकाम फुङलिङतर्फ ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान पनि सुरु गरिएको राईले जानकारी दिनुभयो ।
एक राउण्ड गोली र सालकको खपटासहित पक्राउ
प्रहरीले एक राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ ।
सुरक्षा समितिमा निर्वाचनसम्बन्धमा गर्नुपर्ने कामबारे छलफल
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक गृह मन्त्रालयमा सोमबार दिउँसो बसेको छ । बैठकमा मुख्यगरी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षा प्रबन्धका लागि अहिलेसम्म भए गरेका कामको समिक्षा भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
दस महिनामा एकान्नब्बे जना पक्राउ
नेपाल प्रहरीका अनुसार दस महिनाको अवधिमा लागूऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता भएका छन् । यस अवधिमा ९१ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा आर्थिक वर्ष ०७८/७९ देखि हालसम्ममा दर्ता भएका उजुरीका पाँच जना आरोपित फरार छन् । पछिल्लो समय घरमै भण्डारण गरी लागूऔषध बिक्री गर्दै आएका एक युवालाई प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बोदेबर्साइन नगरपालिका–९, देउरीस्थित घरबाट लागूऔषधसहित पक्राउ परेका १९ वर्षीय शङ्कर यादवलाई सार्वजनिक गरेको छ ।
५३ किलो लागूऔषधसहित दुईजना पक्राउ
पर्साको परवानीपुर प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलिले ५३ किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
हाईड्रोपावरको कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौ जनाको समूह पक्राउ
लमजुङका एक जलविद्युत आयोजनाकै कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
उपभोक्ता समितिसँग मिलिमतो गरी झुठ्ठा विल पेश
डिभिजन वन कार्यालय, मुगुमा कार्यरत वन अधिकृत भरतबहादुर वुढथापा, सव इन्जिनियर गोरसिंह वढुवाल र डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सव इन्जिनियर रबिन्द्र शाहीले पद मार्ग निर्माण कार्यगर्दा झुठ्ठा विल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयागले मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरको छ ।
निर्वाचन सुरक्षा व्यवस्था चुस्त होस्
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आज निर्वाचन सुरक्षा विषयक मूख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
नासु पदका थापाको अस्वाभाविक सम्पत्ति, झण्डै २ करोड बिगो
भन्सार जाँचपास परीक्षण कार्यालय, तीनकुने काठमाडौँका नायब सुब्बा (नासु) पदमा कार्यरत (हाल निलम्बन) देवीबहादुर थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
गृहमन्त्रीद्वारा उम्मेद्वार मनोनयनको सुरक्षा प्रबन्धबारे चासो
काठमाडौँ, बैशाख १० गते । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनमा उम्मेद्वारको मनेनयनका बोला हुन सक्ने अप्रत्यासित घटना रोक्न गरिएको सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिनुभएको छ । गृहमन्त्री खाणले शनिबार दिउँसो नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिनुभएको हो । गृहमन्त्री खाणले नेपाल प्रहरीका प्रदेश एक प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, मधेस प्रदेश प्रमुख नायब महानिरीक्षक मसुद आलम खाँ, बागमती प्रदेश प्रमुख नायब महानिरीक्षक पुजा सिंह, गण्डकी प्रदेश प्रमुख, नायब महानिरीक्षक दिवस लोहनी, लुम्बिनी प्रदेश प्रमुख नलप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रमुख नायब महानिरीक्षक गणेश ऐर र सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यसँग निर्वाचनको मनोनयनका बेलाका लागि गरिएको सुरक्षा प्रबन्धबारे जानकारी लिनुभएको हो । मधेस प्रदेशका खाँ, बागमती प्रदेशका सिंह, लुम्बिनी प्रदेशका उपाध्याय र सुदूरपश्चिम प्रदेशका आचार्यको प्रदेश प्रमुखका रूपमा शुक्रबारमात्र सरुवा भएको हो । यस्तै सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख नायब महानिरीक्षक कमलराज गिरी, मधेश प्रदेश प्रमुख नायब महानिरीक्षक गणेश ठाडा मगर, बागमती प्रदेश प्रमुख नायब महानिरीक्षक किशोर प्रधान, गण्डकी प्रदेश प्रमुख नायब महानिरीक्षक शम्भु सुवेदी, लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक कुलबहादुर नेम्बाङ, कर्णाली प्रदेश प्रमुख नायब महानिरीक्षक अभि खत्री तथा सुदूर पश्चिम प्रदेश प्रमुख दुर्गाप्रसाद भट्टराईसँग पनि उम्मेद्वारी मनोनयनका बेलाको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको हो । गृहमन्त्री खाणँसँग आफूहरू उम्मेद्वारको मनोनयनका हेला हुने अप्रत्यासित घटनाबारे सतर्क र चनाखो भएर रणनीति बनाउँदै तयारी गरेको बताएका थिए । ‘मैले स्थानीय तह निर्वाचनमा उम्मेद्वार मनोनयनका बेलाको सुरक्षा व्यवस्थाको तयारी कस्तो छ भनेर सोधे,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘सबै प्रदेश र केन्द्रमा निर्पाचन हेरिरहेका अधिकृतहरूले आफूहरूले पूर्णरूपमा तयारी गरेको जानकारी दिएका छन् ।’ गृहमन्त्री खाणले त्यसक्रममा स्वच्छ, निष्पक्ष र धाधलीरहित निर्वाचन गर्न सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन निर्देशन दिनुभएको थियो । सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रमुख नायब महानिरीक्षक भट्टराईले गृहमन्त्री खाणले उम्मेद्वारको मनोनयनका बेलाको सुरक्षा अवस्थाबारे टेलिफोनमार्फत जानकारी लिएको बताउनुभयो । निर्वाचन आयोगले उम्मेद्वारी मनोनयनको समय बैशाख ११ र १२ गते छुट्याएको छ ।