• १३ साउन २०८१, आइतबार

जबरजस्ती करणी गरेको अभियोग अस्वीकार

नवलपुर अदालतको फैसलाविरुद्ध अभिनेता शाह उच्च अदालत जाने

blog

अभिनेता पल शाह । फाइल तस्बिर

अमरराज नहर्की

तनहुँ, भदौ २३ गते। नायक पूर्णविक्रम (पल शाह) नवलपुर जिल्ला अदालतले गरेको फैसलविरुद्ध  उच्च अदालत जानु हुने भएको छ। 

यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाए, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेकाले फैसलाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा गर्ने तयारी भइरहेको शाहको पक्षबाट वकालत गर्नु भएका वरिष्ठ अधिवक्ता परशुराम गिरीले जानकारी दिनुभयो।  

फैसला चित्त नबुझेमा उच्च अदालत जान पाउने प्रावधान भएकाले मुद्दा दर्ता गरिने उहाँले बताउनुभयो। जबरजस्ती करणी गरेको भन्नेमा अभियोग दाबी नपुगेकाले सफाइ पाउने र १८ नपुगेकी किशोरी भएको हुँदा बालबालिका सम्बन्धी यौन दुरुपयोग अनुरुप सजाए फैसला भएको उहाँले जानकारी दिनुभयो। अभिनेता शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा असोज २ गते अन्तिम सुनुवाइ हुने भएको छ। अदालतले उक्त मुद्दामा पेशी तोकेकोले सुनुवाइ हुने तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताउनुभयो। शाहलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने सो दिन फैसला आउन सक्नेछ।  

बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा हुनुहुन्छ। गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो। शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनु भएको थियो। शाहविरुद्ध नवलपुरमा पनि जबरजस्ती करणी गरेको भनि  अर्को जाहेरी परेको थियो।

उक्त अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुग्नु भएको थियो। शाहले थुनामुक्त हुनका लागि दिएको निवेदनमा तनहुँ जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नेगरी दिएको आदेश कानुनसम्मत नभएको, अदालतमा रहेको मिसिल र तथ्यगत प्रमाणलाई वेवास्ता गरिएको आदि कारणबाट आफू थुनामुक्त भएर साधारण तारेखमै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरिएको छ। 

पहिले बलात्कार गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी किशाेरी र उहाँका बुबाले समेत दुवै अदालतमा बलात्कार नभएको भन्दै बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ।शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न चैत १८ गते र वैशाख १३ गते उच्च अदालत पोखरा जानु भएको थियो। 

बलात्कारका मुद्दामा अभियुक्त बनाइएका शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्नु भएको छ। तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले थुनामै पठाउने आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दर्ता गराउनु भएको थियो । उच्च अदालत पोखराले थुनामै राख्न आदेश दिएको थियो।  (यसअघि असावधानीवस पुरानो समाचार सामग्री प्रकाशित भएकाले त्यसलाई सच्याइएको छ । – सम्पादक)