विद्युत् वितरण प्रणाली नियन्त्रण र डाटा सेन्टर उद्घाटन
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डाटा सेन्टर उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार काठमाडौँको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै निर्माण गरी सञ्चालनमा ल्याइएको अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको वितरण प्रणाली नियन्त्रण तथा डाटा सेन्टर उद्घाटन गर्नुभएको हो । काठमाडौँको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर उद्घाटन गर्दै मन्त्री बस्नेतले अत्याधुनिक डाटा सेन्टरको निर्माण नेपालको ऊर्जा क्षेत्रलाई थप स्मार्ट बनाउन अर्को महìवपूर्ण पाइला भएको बताउनुभयो । उहाँले ऊर्जा व्यवस्थापन, सञ्चालन र प्राधिकरणको सेवालाई स्वचालित तथा आधुनिक बनाउन यो सेन्टर निर्माण महत्वपूर्ण उपलब्धि हासिल भएको
प्रक्रियागत सरलीकरण प्राथमिकतामा
विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले आयोगको क्षेत्राधिकारमा रहेका काम कारबाहीको प्रक्रियागत सरलीकरण गर्दै जाने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) ले बुधबार आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा उहाँले निजी क्षेत्रको भूमिकाको कदर गर्दै व्यवस्थित र सहज ढङ्गबाट कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको हो । “प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा छ,” उहाँले भन्नुभयो, “एउटै काम दुई ठाउँबाट हुने अवस्था अन्त्य गरी समान प्रकृतिका कामको जिम्मा कुनै एउटै मात्र निकायलाई दिइने छ ।”
देशभित्र ४०० केभी प्रसारण लाइनबाट पहिलो पटक विद्युत प्रवाह सुरु
देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ ।
अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर
पार्वती गौतम शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । उहाँको एउटा खुट्टाले काम गर्दैन । ४३ वर्षीया गौतमले जीवनमा धेरै सङ्घर्ष र दुःख गर्नुभयो । पार्वती अहिले सफल उद्यमी हुनुहुन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ मा व्यवसाय सञ्चालन गरिरहनुभएका उहाँ धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।
सुनको मूल्य तोलामा २७ सयले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आजका लागि रु एक लाख ४२ हजार निर्धारण भएको छ ।
आठ अर्बले घट्यो खाद्यान्न आयात
देशमा समग्र वस्तुको आयात घटिरहेका बेला खाद्यान्नको आयातमा समेत उल्लेख्य कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ४३ अर्ब रुपियाँ ८० करोड १९ लाख रुपियाँ बराबरको खाद्यान्न (धान, मकै, चामल, गहुँ, जौ, कोदो) आयात भएको छ । गत वर्ष सो अवधिमा ५२ अर्ब ६५ करोड ५३ लाख ८१ हजार रुपियाँ बराबरको आयात भएको थियो । स्थानीय उत्पादनमा वृद्धि हुनुका साथै आन्तरिक बजारमा खपत घटेकाले पनि खाद्यान्न आयातमा कमी आएको बताइएको छ ।
उच्च आयात हुने सूचीमा विद्युतीय सवारी
विद्युतीय सवारीमा नेपालीको मोह बढ्न थालेको छ । विद्युतीय सवारीको पूर्वाधारसमेत विस्तार हुने क्रम बढ्दै जाँदा यसको व्यापार उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ । बढ्दो आकर्षणका कारण विद्युतीय सवारीको आयात पनि निरन्तर बढिरहेको भन्सार विभागको पछिल्लो तथ्याङ्कले पुष्टि गर्छ ।
भेडाको ऊनबाट बनेको सामग्रीको माग पूरा गर्न मिनाकुमारीलाई हम्मे हम्मे
याङवरक गाउँपालिका-३ ओयामको देवीस्थानकी मिनाकुमारी गुरुङले भेडाको ऊनका सामग्री उत्पादन गर्न थालेको ३० वर्ष भयो ।
सन्धिखर्क–तम्घास प्रसारण लाइन तयार
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास) सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन् । प्रसारण लाइनबाट करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ ।
सन्धिखर्क–तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण सम्पन्न
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर (तम्घास)सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सम्पन्न भएको छ ।
भुक्तानी माग गर्दै दुध किसानद्वारा आन्दोलन
दुग्ध विकास संस्थान (डिडिसी) ले बक्यौता रकम भुक्तानी नगरेको भन्दै दुध किसानले आन्दोलन सुरु गरेका छन् । केन्द्रीय दुग्ध सहकारी सङ्घको अगुवाइमा भएको आन्दोलनमा सहभागी किसानले बुधबार बिहानदेखि लैनचौरस्थित डिडिसीको कार्यालय घेराउ गरेका थिए । बिक्री भएको दुधको बक्यौता रकम तत्कालै भुक्तानी हुनुपर्ने माग गर्दै आन्दोलन गर्दा प्रहरीले आन्दोलनकारीलाई पक्राउ गरी केही समय थुनामा राखेको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : पुनर्संरचनाका लागि महाशाखा गठन गरिने
आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यका साथ ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचनालाई सहयोग पुग्ने गरी आन्तरिक रोजगार प्रवर्धन महाशाखा गठन गरिने जनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ देखि प्रधानमन्त्री रोगगार कार्यक्रमको सबै ढाँचा पुनर्संरचना गरेर सञ्चालन गर्नका लागि सो महाशाखा गठन गर्न लागेको हो ।
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर
स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको छ भने सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको चाँदी आज रु १५ ले बढेर रु एक हजार आठ सय १५ मा कायम भएको छ ।
प्रचलित कानुनको पूर्ण पालना गर्न सहकारीलाई आग्रह
सहकारी संस्था एकपछि अर्को समस्याको दलदलमा फस्दै गएका बेला सङ्घीय सहकारी विभागले बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्नेतर्फ क्रियाशीलता बढाएको छ ।विभागले प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गर्न सहकारी संस्थालाई आग्रह गरेको छ । कानुनको परिपालना गर्दै सदस्यको बचत समयमै फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशील रहन सहकारीलाई आग्रह गरेको हो ।
कास्की-तनहुँको पुँडीटार औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गरिने
गण्डकी प्रदेश सरकारले कास्की-तनहुँको पुँडीटार र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को लोकाहाखोलास्थित औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्ने भएको छ ।
लोमान्थाङमा च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना
मुस्ताङको लोमान्थाङमा पस्मिनाको कच्चापदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ । नेपाल पस्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो ।
ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने
सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ ।
पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रुपमा प्रयोग गर्न पाउने हकबाट वञ्चित भएकामा सरकारको ध्यानाकर्षण गराएको छ ।
दोलखामा राजस्व सङ्कलनमा वृद्धि
दोलखामा ट्राफिक कारबाहीबाट करिब साढे १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । गत वैशाख र जेठ दुई महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दोलखाले गरेको ट्राफिक कारबाहीबाट १४ लाख ७८ हजार पाँच राजस्व रकम सङ्कलन गरेको हो । यो राजस्व सङ्कलन गत महिनाभन्दा दोब्बर बढी हो ।
उपत्यकामा पेट्रोल अभाव (फोटो फिचर)
काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन सुरु गरेसँगै उपत्यकाका पेट्रोल पम्पमा पेट्रोल अभाव भएका छन् ।
प्रतितोला छ सयले घट्यो सुनको मूल्य
बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।
श्रीलङ्कामा सन् २०२५ सम्ममा सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हट्ने
श्रीलङ्काका अधिकारीहरूले सन् २०२५ सम्ममा मोटर वाहन आयातमा प्रतिबन्धहरू कम गर्न प्रारम्भिक मार्गचित्र तयार गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
तोलामा एक हजार छ सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।
एघार महिनामा चवालिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता
चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा ४४ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३५९ परियोजनामार्फत ४४ अर्ब ४० करोड रुपियाँ प्रतिबद्धता आएको हो । विदेशी लगानीमा सञ्चालित उद्योगबाट दुई हजार ३२३ जनालाई रोजगारी दिने अनुमान गरिएको छ । गत वर्षको जेठ मसान्तसम्ममा ३४ अर्ब ५८ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा झन्डै १० अर्ब रुपियाँ बढीको लगानी आएको विभागको तथ्याङ्कले देखाएको छ । नीतिगत सुधारसँग यो वर्ष वैदेशिक लगानी प्रतिबद्धतासँगै भित्रिने रकममा समेत सुधार हुँदै आएको छ ।