अधिकांश दुर्घटनामा चालकको लापर्बाही
अधिकांश सवारी दुर्घटना चालकको लापर्बाहीले हुने गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रतिवेदनले सबैभन्दा धेरै दुर्घटना चालकको लापर्बाहीका कारण हुने गरेको देखाएको छ । तीव्र गति, मादक पदार्थ सेवन, ट्राफिक नियम उल्लङ्घन, क्षमताभन्दा बढी यात्रु र सवारीको नियमित मर्मतसम्भारमा लापर्बाही हुँदा दुर्घटना हुने गरेको निष्कर्ष ट्राफिक प्रहरीको छ ।
संरक्षण चाहिएको माटो हेलामा
हिमाल, पहाड र तराईको भौगोलिक र जैविक विविधतासँगै नेपालको माटोमा पनि अमूल्य विविधता छ तर माटोलाई माया गर्न नजानेकै कारण आर्थिक वृद्धिको प्रमुख स्रोतका रूपमा उपयोग गर्न नस
निर्वाचनमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी हुन आह्वान गर्नुभएको छ । शुक्रबार बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफललाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले यस्तो आह्वान गर्नुभएको हो ।
एकतिहाई नघट्ने गरी महिला उम्मेदवार सुनिश्चित गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दललाई निर्देशन दिएको छ।
एनपिएल प्लेअफ समीकरण पूरा : लुम्बिनी विजयी भएसँगै जनकपुर, चितवन र पोखरा बाहिरिए
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ ।
प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट
नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएकाे छ ।
बागमती नदी सुधारका तिस वर्ष, २४ अर्ब खर्च
ऐतिहासिक एवम् प्राचीन सभ्यता, मानव विकास र धार्मिक संस्कार र संस्कृतिसँग जोडिएको बागमती नदी सरसफाइ अभियान आरम्भ भएको ६५५ औँ साता पूरा भएको छ ।
जनशक्ति थप र विद्युतको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन
गत वर्षको असोज र यस वर्षको बाढीपहिरोले क्षति पुर्याएको बिपी राजमार्गको पुनर्निर्माण धमाधम भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलाञ्चोक-सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो ।
भारतीय भन्सारको ‘टोकन पासो’मा नेपाली निर्यातकर्ता
भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न स्वदेशी वस्तुको निर्यात बढाउने सरकारी नीति र व्यवसायीको प्रयासमा भारतीय भन्सारको नयाँ नियमले समस्या सिर्जना गरेको छ ।
प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ ।
नेपालमा अब ठुला दरका भारु चल्ने
नेपालमा भारतीय एक सय रुपियाँभन्दा ठुला दरका नोट पनि चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैङ्कले अनुमति दिएको छ । सन् २०१६ नोभेम्बरमा भारतले ठुला नोटमा नोटबन्दी गरेसँगै नेपालमा
अपराजित सुदूरपश्चिम क्वालिफायरमा
नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गरेको छ ।
हात्तीवनमा उधौली उत्सव (फोटो फिचर)
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले उँधौली पर्व मनाएका छन् ।
सुझाव माग्न नागरिकको घरदैलोमा सञ्चारमन्त्री खरेल
बिहीबार प्रसिद्ध बङ्गलामुखी दर्शन गर्न दर्शनार्थीको उसै पनि भिड हुन्छ । त्यसमा पनि नेवार समुदायको ठुलो चाड योमरी पुन्हिको विशेष दिन भएकाले बिहीबार बङ्गलामुखी क्षेत्रको माहोल निकै रौनक थियो । योमरी चाडको अवसरमा सार्वजनिक विदा परेकाले स्थानीय सर्वसाधरण र तीर्थालु भक्तजनको घुँइचो थियो ।
एनपिएल : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ ।
ज्यापु दिवसले जातीय सद्भाव र एकताको सन्देश दिएको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले ज्यापु दिवसले जातीय सद्भाव र एकताको सन्देश दिएको बताउनुभएको छ । ज्यापु संस्कृत विकास कोषले काठमाडौँको वसन्तपुर डबलीमा आयोजना गरेको २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
राष्ट्रिय ज्यापु दिवस समारोहमा प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्की योमरी पूर्णिमाको अवसरमा वसन्तपुरमा आयोजित राष्ट्रिय ज्यापु दिवस समारोहमा सहभागी हुनुभएको छ ।
मुस्ताङको नामामा उच्च घनत्वको हाइब्रिड स्याउ खेती
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका –४ कागबेनीको नामा भन्ने स्थानमा स्थानीय आङ्जेन गुरुङले उच्च घनत्वको (हाइब्रिड) स्याउ खेती गर्नुभएको छ ।
मधेश प्रदेश : ५१ दिनमा तीन मुख्यमन्त्रीको राजीनामा, पुनः नेतृत्व शून्य
मधेश प्रदेश फेरि एकपटक राजनीतिक अस्थिरताका केन्द्रमा छ । पछिल्ला ५१ दिनमै तीन–तीन मुख्यमन्त्रीले पदबाट राजीनामा दिएपछि प्रदेश अहिले नेतृत्वविहीन बनेको छ ।
विश्व अर्थतन्त्र पनि सुस्त
मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) घट्दो क्रममा रहेको छ । पछिल्लो छ वर्षको तथ्याङ्क हेर्दा विभिन्न देशबाट मुलुकमा भित्रिने वैदेशिक लगानी क्रमशः घट्दो अवस्थामा रहेको हो ।
प्रभु म्यानेजमेन्टका पाँच जनालाई मुद्दा
देशका ३८ सहकारी संस्थामार्फत भएको रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तानी नगरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
महानिर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भक्तपुरको नलिञ्चोकमा हेलिपोर्ट निर्माण गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अधिकारी तथा परामर्श कम्पनीसहित अन्य छ जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
...अनि इजलासमै ढले वकिल
सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (एमाले) का तर्फबाट दायर रिटको पेसी थियो । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्माको इजालसमा ‘छ’ नम्बरमा एमालेका तर्फबाट दर्ता रिट पेसीमा थियो । राजनीतिक विवादको मुद्दाको पेसी परेकाले संवैधानिक इजलासमा प्रारम्भदेखि नै कानुन व्यवसायीको उपस्थिति बाक्लो थियो ।
उज्यालो नेपाल पार्टी घोषणा : निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव
उज्यालो नेपाल पार्टीले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ ।