रिट सुनुवाइबारे परामर्शमा सर्वोच्च
सर्वोच्च अदालतले रिट निवेदनको नियमित सुनुवाइ प्रक्रिया प्रारम्भ गर्न परामर्श थालेको छ । इजलास र मिसिल व्यवस्थापन नभएसम्म नियमित सुनुवाइमा फर्कन नसकेको अवस्थामा रिट निवेदन सुनुवाइको परामर्श अदालतले गरेको हो ।
माथि पहिरो, तल रोशीको भेल (फोटो फिचर)
तलतिर रोशीको उर्लंदो भेल माथिपट्टि ठाडो भिर, सिधा सडक सम्पर्क टुटेको काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका र घ्याङलेक गाउँपालिकाका स्थानीय हातगोडा टेकेर कष्टकर यात्रा गर्न बाध्य छन् ।
मृतक र बेपत्ताका परिवारलाई राहत उपलब्ध गराइने
विपद् न्यूनीकरण परिषद्को १९औँ बैठकले प्राकृतिक विपदमा परी बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय गरेको छ ।
दसैँ मानेर काठमाडौँ फर्किनेको चहलपहल (फोटो फिचर)
दसैँ मनाउन घर गएका सर्वसाधारण कर्मथलो काठमाडौँ फर्कन थालेका छन् । उपत्यका प्रवेश गर्ने नाकामा दसैँ मनाएर फर्किने यात्रुको चाप बढेको छ ।
‘अख्तियार प्रमुखसहित आयुक्तहरुले स्वेच्छिक राजीनामा दिनुपर्छ’
जेनजी आन्दोलन अलाइन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित सबै आयुक्तको स्वेच्छिक अवकासको माग राखेको छ । अलाइन्सको तर्फबाट जेनजीका सदस्यहरुले सरकार तथा अख्तियारमा गएर लिखित रुपमा सो माग गरेका हुन् ।
नेपालथोकबाट हुँदैछ अस्थायी डाइभर्सन सडक निर्माण
बाढी पहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डअन्तर्गत नेपालथोकबाट अस्थायी डाइभर्सन सडक निर्माण सुरु भएको छ ।
अलपत्र यात्रुलाई गन्तव्यमा लैजान निःशुल्क यातायात
चाडबाडकोे समयामा गएको बाढी पहिरोका कारण अलपत्र परेका यात्रुलाई गन्तव्यमा लैजान इलाममा निःशुल्क यातायत सेवा सञ्चालन गरिएको छ ।
काठमाडौँमा लखनउकी रानीको चिहान
काठमाडौँमा अवध (लखनउ) की रानी बेगम हजरत महलको चिहान छ भन्दा सबैलाई अनौठो लाग्न सक्ला । अझ त्यो पनि काठमाडौँको केन्द्र रत्नपार्कमै । यो कुनै कथा नभई वास्तविकता हो ।
मौसम प्रक्षेपणमा सफलता
दसैँताका नेपालमा ठुलो मौसमी प्रणाली भित्रिँदै छ भनेर जल तथा मौसम विज्ञान विभागले दसैँअघिदेखि नै विशेष मौसम बुलेटिनमार्फत बारम्बार पूर्वसूचना जारी गरिरह्यो । त्यसकै आधारमा सरकारले पनि त्यही अनुसारको उच्च सतर्कता अपनाउँदै पूर्वतयारी ग¥यो । गर्न सक्ने जति सबै खालका तयारी गरेर सम्भावित ठुलो जनधनको क्षति टार्न सफल भयो ।
अवरुद्ध बिपी राजमार्ग : डाइभर्सन निर्माण सुरु
असोज १७ र १८ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको डाइभर्सन निर्माण सुरु गरिएको छ । काभ्रेको चौकीडाँडाबाट डाइभर्सनको काम सुरु गरिएको हो । अविरल वर्षाका कारण गत वर्ष असोजमा आएको बाढीले बिपी राजमार्ग बगाएपछि बनाइएको अस्थायी डाइभर्सन असोज १७ देखि १८ गते पुनः बगाएपछि अहिले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
छिटो हिँड्ने बाढी नआउँदै तरे नसकेका लेदोसँगै बगे
असोज १६ गते बिहीबार घरपरिवार र आफन्तसँग दसैँको टीका लगाएर १७ गते शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका–४, (दधिकोट) स्थित हर्षचोकको एकै परिवारका तीन जना रसुवाको लाङटाङमा घुम्न हिँडे । एकै परिवारका तीन जनासहित साथीहरूसमेत गरी १६ जना घुम्न गएकामध्ये चार जना अझै पनि सम्पर्कविहीन अवस्था छन् भने १२ जना सकुशल नै छन् । सम्पर्कविहीन भएका एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।
विपद् व्यवस्थापन : ६५ लाखभन्दा बढी एसएमएस
जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै भारीदेखि अति भारी वर्षाका कारण बाढी–पहिरो जस्ता धनजनको क्षति हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्दै आएको थियो । विभागले दिएको पूर्वसूचना बेवास्ता नगरेको भए लाङ्टाङमा पदयात्राका लागि निस्किएका भक्तपुरका चारजना बेपत्ता हुने थिएनन् ।
बिपी राजमार्गमा क्षति : वैकल्पिक मार्गमा यात्रा गर्नुपर्ने
अविरल वर्षासँगै आएको बाढी पहिरोबाट क्षति पुगेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डतर्फको अस्थायी डाइभर्सन सडक तत्काल सञ्चालनमा आउन नसक्ने भएपछि यात्रुहरु मर्कामा परेका छन् ।
सानोमाई खोलाको पुल भत्किँदा हुलाकी सडक अवरुद्ध
शनिवारदेखि आएको अविरल वर्षाका कारण झापामा सबैभन्दा बढी प्रभावित बनेको झापा गाउँपालिकास्थित सानोमाई खोलामा बनेको पक्की पुल बाढीले भत्काएको छ ।
दर्जनभन्दा बढी कार्यालयमा पानी, तीन दिनदेखि छैन बिजुली
महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको बाढीको कारण दर्जनभन्दा बढी कार्यालयमा पानी पसेको छ । बाढीको कारण तीन दिनदेखि जलेश्वर क्षेत्रमा विजुली समेत अवरुद्ध छ । सदरमुकाम जलेश्वर जोड्ने सडक समेत अवरुद्ध छ ।
इलाम र झापामा उद्धार कार्य जारी, १०७ जना सुरक्षित स्थानमा सारिए
विगत दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भइरहेका बेला उद्धार कार्य निरन्तर भइरहेको छ।
कोरला नाकामा घुम्न आएका स्वदेशी पर्यटकको भिड
दसैं तिहारको विदामा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका छोसेरमा अवस्थित लिजी–नेचुङ नाका (कोरला) मा घुम्न जाने स्वदेशी पर्यटकको भिड लागेको छ ।
सडक सुचारु, रोकिएका सवारीसाधन गन्तव्यतिर
जोखिम कम गर्न राति रोकिएका सवारी साधनलाई विहान ६ बजेबाट गन्तव्यतर्फ पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजधानी काठमाडौं, पोखरा जान तथा आउन राति ९ बजेपछि चितवनको सडक बन्द गरिएको थियो ।
बाढीपहिरोमा छयालिस जनाको मृत्यु
अविरल वर्षासँगै बाढी, पहिरो र डुबानमा परी पछिल्ला दुई दिनमा देशभर ४६ जनाको मृत्यु भएको छ । साथै छ जना बेपत्ता रहेका र २६ जना घाइतेको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ ।
पूर्वचेतावनी पालनाले क्षति कम
मौसम पूर्वसूचनाको सबैले सही पालना गरेको खण्डमा विपत्बाट हुने सम्भावित क्षति कम गर्न सकिने रहेछ भन्ने कुरा यस पटकको सङ्घ र स्थानीय सरकारी समन्वयले प्रस्ट पारेको छ ।
इलाम पहिरोमा ज्यान गुमाउने ३७ जनाको सनाखत
पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो।
पाँच जलमापन केन्द्रमा खतरा र चारमा सतर्कता तह पार
जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षादेखि अतिभारी वर्षाका कारण हालसम्म देशभरका पाँच जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । पूर्वका अन्य चार जलमापन केन्द्रमा भने जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ ।
काठमाडौंमा पानी पर्न छाडेपछि खुलेको आकाश (फोटो फिचर)
हिजो भीषण पानी परेको काठमाडौं उपत्यकामा आज मौसमले साथ दिएपछि आकाश खुलेको छ । फाटफुट मात्रामा घाम लागेपछि उपत्यकाबासीलाई राहत महुशस भएको छ । आकाश खुलेपछि उपत्यकाको वातावरण सामान्य बन्दैगएको छ ।