सेतो लुगा (कथा)
ऊ घरतिर छिर्दै थियो । आँखा जुधे । झस्किएको हो कि जस्तो लाग्यो । ऊ अडिएन, भित्र पस्यो । म हिँड्दै थिएँ बाटैबाटो । उसको घरअघि ऊ भित्र छिर्दै गर्दा जम्काभेट भएको थियो । आँखाको जम्काभेट भनौँ । टक्क अडिएर, रोकिएर होइन ।
जीवनबोध छर्दै छु दुप्चेश्वरको पहरोमा !!
पहराको साँघुरो मार्गमा तीर्थालु भेषमा उभिएकी छु । २०८२ को पुस जन्मिएको जम्मा पाँच दिन भएको छ । पुसले आफ्नो असली रूप र रङ देखाउन आरम्भ गरेको छ । स्रष्टा पदयात्राको १०१ औँ यात्रामा सहभागी हुन आएकी छु, नुवाकोटको पशुपतिनाथ अर्थात् दुप्चेश्वर महादेव तीर्थ ।
साँगा–धुलिखेल सडकको म्याद थप
अरनिको राजमार्गको विस्ताराधीन सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत साँगा–धुलिखेल खण्डको काम निर्धारित समयभित्र नसकिएपछि एक वर्ष म्याद थपिएको छ ।
गाउँमै थन्कियो राडीपाखी, उद्यमी चिन्तित
विषेश गरी राडीपाखी उत्पादक उद्यमीहरुको गाउँको रुपमा अलग्गै पहिचान बनाएको छ । करिव एक सय घरधुरी रहेको यस गाउँका अधिकांस परिवार राडीपाखी उत्पादक छन् ।
उपचारमा नआउँदा जीवनभर औषधी
बाथरोग लागेका बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा जीवनभर औषधी सेवन गर्न बाध्य भएका छन् । समयमै उपचार नगर्दा वा लक्षण सहेर बेवास्ता गर्दा उनीहरूले जीवनभर बाथरोगको औषधी सेवन गर्नु परेको हो ।
राज्यको ओतमा ज्येष्ठ नागरिक
‘हाम्रो साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस शुक्रबार मनाइयो । ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य निधि भएकाले राज्यले हरेक क्षेत्रमा उनीहरूप्रति सम्मानसहित सेवा सुविधा थप्ने प्रयत्न गर्दै आएको छ ।
पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवस मनाउने सरकारको निर्णय
सरकारले पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय भएको हो।
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उहाँले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
सरकारले निर्वाचनको वातावरण बनाएको छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ ।
एमाले अध्यक्ष ओली र सञ्चारमन्त्री खरेलबिच भेटवार्ता
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
विद्युतीय प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने
सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ ।
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन् : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताउनुभएको छ ।
सहकार्यमा बनेका नमुना वाटिका
सभ्यता, विकास, धार्मिक एवं सांस्कृतिक पक्षसँग अन्योन्याश्रित सम्बन्ध रहेको बागमती नदीका किनारको सौन्दर्यीकरणमार्फत आकर्षक र हराभरा बनाइएको छ । समुदायसँग सहकार्य गरेर बागमती किनारका खाली जमिन सदुपयोग गरेर उपयोगमा ल्याउँदा काठमाडौँ र ललितपुरका कैयौँ नागरिक लाभान्वित भएका छन् ।
सम्पदा संरक्षण गर्ने नीतिगत प्रयास
सर्वोच्च शिखर सगरमाथाको देश नेपाल तर सरकारसँग यसको दीर्घकालीन संरक्षण गर्न सघाउने कुनै छुट्टै नीतिगत व्यवस्था हालसम्म छैन । पछिल्लो समय हिमाल र पर्वतको संरक्षण अवधारणामा नेपालले नेतृत्व गर्दै गर्दा त्यसलाई अघि बढाउने हिमालसम्बन्धी नीतिगत दस्ताबेज आफैँसँग नहुँदा अप्ठ्यारो भोग्नु परेको अनुभव सरकारसँग छ । त्यही अभाव पूर्ति गर्न वन तथा वातावरण मन्त्रालयले विभिन्न मन्त्रालयसँगको सहकार्यमा नेपालको हिमाल रणनीति बनाउन लागेको छ ।
कर्मचारी सेवक बने सुशासन
सरकारको नीति, योजना र बजेट कार्यान्वयन गर्ने कर्मचारीले शासक नभई सेवकको भावनाले काम गरे मात्र सुशासन कायम हुन्छ । अहिले कतिपय कार्यालयमा सेवा लिन जाने क्रममा कर्मचारीले शासकको व्यवहार प्रस्तुत गर्दा प्रभावकारी सेवा पाउनबाट सेवाग्राही वञ्चित भएको र त्यसको असर सरकारमा पर्दै आएको छ ।
निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छः प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ।
निर्धारित समयमै निर्वाचन हुन्छ : सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताउनु भएको छ ।
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह (फोटो फिचर)
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५१ औँ दीक्षान्त समारोह आयोजना गरेको छ ।
शिक्षामा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री कार्की
बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो।
‘क्रिसमस डे’ राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’ले विविधताबिचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ ।
‘हामीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता कहिले ?’
सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहनेको सङ्ख्या बढ्दो छ तर सबैले चाहे अनुसार कोषमा आबद्धता हुन सकेको छैन । त्यस्तै समस्याको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले रोचक तरिकाले सुनाउनुभयो ।
‘मुलुक निर्वाचनको महोत्सवमा’
उच्चस्तरीय राजनीतिक संवाद समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी कार्यालयमा शीर्ष नेतृत्वलाई भेटेर चुनावी तयारी अवस्थाबारे छलफल गरेको छ ।
स्वदेशमै सम्भावनाका प्रेरक
त्रिभुवन विश्वविद्यालयबाट बिए एलएलबीमा उत्कृष्ट (स्वर्ण पदक विजेता) भावना अधिकारी न्याय प्रशासन सेवाको राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृत) मा कार्यरत हुनुहुन्छ । पशु सेवा विभागमा कानुन अधिकृतका रूपमा कार्यरत अधिकारीले एलएलबीमा त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदक (गोल्ड मेडल) मात्रै पाउनुभएन, सरकारी सेवामा प्रवेश गर्दा पनि दोस्रो नम्बरमै नाम निकाल्नुभयो ।
प्रधानमन्त्री कार्की र संगीत प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको शिष्टाचार भेट
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले आज शिष्टाचार भेट गर्नुभएको छ।