अब हुन सक्छ तोकिएकै समयमा काम
सरकारले सुशासन कायम गर्न र डिजिटल सेवा प्रवाह गर्ने स्पष्ट खाकासहितको सुशासन मार्गचित्र सार्वजनिक गरेको छ । सुशासन कायम गर्न अन्तरमन्त्रालय र अन्तरतहबिच देखिएका समस्या समाधानका उपाय, सेवा प्रवाह सहज बनाउन विभिन्न सरकारी निकायले गर्नुपर्ने कार्यका बारेमा मार्गचित्रमा उल्लेख गरिएको छ ।
मन्त्रीपरिषदमा प्राज्ञिक व्यक्तित्वको वर्चस्व
प्रतिनिधि सभा सदस्यको झन्डै दुई तिहाइ मतका साथ गठन भएको वर्तमान मन्त्रीपरिषद्का सदस्य निर्वाचनमा लोकप्रिय मतबाट निर्वाचित मात्रै भएका छैनन्, प्राज्ञिक तथा शैक्षिक क्षेत्रमा समेत विशिष्ट स्थान हासिल गरेकाहरू छन् । हाल विभिन्न मन्त्रालयको जिम्मेवारीमा रहेकामध्ये अधिकांश मन्त्रीले आआफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन् । जसका कारण आमनागरिकले सार्वजनिक प्रशासन सुधार तथा दैनिक सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा गरेका छन् ।
सम्पन्न भयो सेतो मच्छिन्द्रनाथको रथजात्रा
चैते दसैँको दिन बिहीबारदेखि सुरु भएको जात्रा जमलबाट असन, असनबाट हनुमान ढोका दरबार क्षेत्र तथा सो स्थानबाट लगन टोलसम्म तान्ने गरिन्छ । लगनटोल पुगेको भोलि पल्ट आमा रुखको परिक्रमा गराइन्छ ।
अध्यक्ष ओली र नेता लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
जिल्ला अदालत काठमाडौँले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस नेता रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विपद् पूर्वतयारीमा जुट्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री सुधन गुरुङले विपद्का कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
जीर्णता र अतिक्रमणले थलियो राजविराजको राजरङ्गशाला
सप्तरी सदरमुकाम राजविराजमा ४६ वर्षअघि निर्माण भएको राजरङ्गशालाको अवस्था अत्यन्तै जीर्ण बनेको छ ।
प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले शिष्टाचार भेट गर्नुभएको छ ।
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक
नेपाल राष्ट्र बैँकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र बैँकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।
सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यातसम्म
बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक खरिद सुधार, विकास आयोजना व्यवस्थापन, लगानी प्रवर्धन, निजी क्षेत्रको संरक्षण, पर्यटन विस्तार तथा ऊर्जा क्षेत्रको संरचनात्मक सुधारलाई प्राथमिकतामा राख्दै विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ।
‘भ्रष्टाचार फाल्ने कठोर कानुन आवश्यक छ’
केही वर्षअघि सर्वोच्च अदालतको इजलासमा एउटा युवाको बहसले देशकै राजनीति तरङ्गित बनायो । तत्कालीन सरकारले संसद् विघटन गर्दा त्यसका विरुद्धमा कानुनको ठेली बोकेर रिट हाल्ने तिनै युवा अधिवक्ता हुनुहुन्थ्यो सुलभ खरेल । अदालतले उहाँको पक्षमा फैसला सुनायो, संसद् पुनस्र्थापना भयो र सुलभ एकाएक चर्चाको शिखरमा पुग्नुभयो तर उहाँको यात्रा अदालतको बहस र कानुनका धारामा मात्र सीमित रहेन । आज उही सुलभ रुपन्देही क्षेत्र नं. २ का जनताको भारी मतसहितको विश्वास
‘भुइँ मान्छेको आवाज संसद्सम्म पुर्याउँछु’
कैलालीको लम्कीचुहा नगरपालिका–४ का प्रेमबहादुर बयकका दुवै खुट्टाले काम गर्दैनन् । २०६१ सालमा मसुरिया बडैपुरमा भएको भिडन्तमा ४५ वर्षीय बयकको मेरुदण्डमा गोली लागेपछि उहाँ सदाका लागि आधा शरीर नचल्ने हुनुभयो । अहिले उहाँ क्यालिफर र वाकरको सहायताले हिँडडुल गर्नुहुन्छ । गोली लागेर आधा शरीर निष्क्रिय भए पनि बयक सधैँ राजनीति र सामाजिक कार्यमा सक्रिय नै रहनुभयो । उहाँको बलिदान र सक्रियतालाई अहिले पार्टीले न्याय गरेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका उहाँलाई समानुपातिकतर्फको घाइते, अपाङ्ग क्लस्टरबाट प्रतिनिधि सभा सदस्य बनाएको छ ।
नयाँ सरकारका चुनौती
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचुर बहुमतका साथ सत्ताको बागडोर समालेको छ । लोकतन्त्रमा जनता नै सार्वभौम सत्ता सम्पन्न हुन्छन् । कसले राज गर्ने भन्ने निर्णय उनीहरूबाटै हुन्छ, यो लोकतन्त्रको प्रमुख चरित्र हो । लामो समयसम्म सत्ताको बागडोर सम्हालेकाप्रतिको असन्तुष्टिलाई जनताले मतदानमार्फत अभिव्यक्त गरे, अनि नयाँ दलप्रति भारी अपेक्षा र विश्वास पनि प्रकट गरे । निर्वाचन अगाडि भूमिका, मुद्दा, क्षमतामा बहस हुने गर्छन्,
गौरवशाली इतिहासमा नयाँ मानक
गोरखापत्र प्रकाशन शुभारम्भको १२५ औँ वर्षमा यात्रा गरिरहेको छ । गोरखापत्र जस्तो लामो र अविच्छिन्न इतिहास बनाएको सार्वजनिक संस्था सायद कमै होलान् । सार्वजनिक संस्था सुरु र बन्द हुने क्रम हाम्रो परम्परा जस्तै बनेको छ । १२५ वर्षको विरासत बोकेको गोरखापत्र संस्थानले इतिहासको निरन्तरतालाई मात्रै पनि धानेको छैन, यसका विधागत प्रकाशन र तिनको समाजमा विशिष्ट योगदान र छुट्टै पहिचान छ ।
प्रारम्भिक सुनुवाइमा भएको व्याख्या
कुनै पनि कार्य समयमा गर्नु पर्छ । समयमा नगरेको कार्यले पूर्णता प्राप्त गर्न सक्दैन । जब कुनै कार्य गर्न कोही तम्सिन्छ भने त्यस्तो कार्य पनि सम्बन्धित व्यक्तिले नै गर्नु पर्छ । असम्बन्धित व्यक्तिले गरेको कार्यले मान्यता पाउन सक्दैन । कुनै कार्य सम्बन्धित व्यक्तिले नै समयमा गर्न तत्परता देखाउँछ भने त्यस्तो व्यक्ति सम्बन्धित निकायमा जानु पर्छ । असम्बन्धित निकायमा जान्छ भने त्यस्तो निकायले त्यस्तो कार्य गर्दैन । ग
भेरी–बबई डाइभर्सन कुर्दै किसान
बर्दियाका किसान यतिबेला सिँचाइका लागि नहर होइन, पानी खोजिरहेका छन् । हजारौँ हेक्टर खेत सिँचाइ गर्ने लक्ष्यसहित निर्माण भइरहेको बबई सिँचाइ आयोजनाको नहर संरचना विस्तार भइरहे पनि हिउँदयाममा पानी अभावका कारण किसान मर्कामा परेका छन् । नहर बनेका छन् तर पानी नआउँदा किसान खाली नहर हेरेर बस्न बाध्य छन् ।
शासकीय सुधारसम्बन्धी सय कार्यसूची (पूर्ण विवरणसहित)
नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू : विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका व्रmममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । २०८२ फागुन २१ गते सम्पन्न आमनिर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ निर्वाचित गरी सरकार सञ्चालन गर्ने महत्वपूर्ण अभिभारा सुम्पेकोमा सरकार सम्पूर्ण नेपाली जनतामा हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ ।
ऐतिहासिक प्रतिनिधित्व
नेपालको संविधानले निश्चित गरे अनुसारको समावेशी पहुँच धान्ने गरी पाँच जना महिला मन्त्रीहरू नियुक्त हुनुभएको छ । संविधानले सरकार तथा राज्य संयन्त्रका हरेक तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बाध्यकारी प्रावधान छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित १५ सदस्यीय नयाँ मन्त्रीपरिषद्ले सिङ्गो नेपालको समावेशी विविधता झल्काउने गरी महिला सहभागितालाई स्पष्टता दिएको हो ।
बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’
हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला की भन्ने चिन्ता सुरु हुन्छ ।
जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँहरूसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कृषि सामग्री कम्पनीमा मन्त्री चौधरीको अनुगमन (फोटो फिचर)
कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि सामग्री कम्पनीको अनुगमन गर्नुभएको छ ।
सप्तरीमा हावाहुरीसहितको वर्षाले गहुँबालीमा क्षति
शुक्रबार राति भएको वर्षाका कारण सप्तरीमा गहुँबालीमा क्षति पुगेको छ । किसानले गहुँबाली भित्र्याउने मुख्य समयमा हावाहुरी र वर्षा भएपछि बालीमा नोक्सानी पुगेको हो ।
पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग
नेकपा (एमाले)ले पार्टी एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ ।
चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा श्री बालेन्द्र शाह नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।