आमाको खोजीमा आमाघर
आमा शब्द जति ओजिलो छ, त्योभन्दा एउटी आमाबाट सन्तानले प्राप्त गर्ने वात्सल्यको महìव अझ बढी छ । आमाले दिने माया, प्रेरणा, प्रेम र जीवनका बारेमा धेरै चर्चा हुन्छ र गरिन्छ तर पछिल्लो समय
शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा क्षेत्रको सुधारमा सरकारले काम गरिरहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल जिल्ला कार्यसमितिको बेँसीसहर नगरपालिका –८ मा आयोजित ३४ औँ प्याब्सन दिवस कार्यक्रमलाई आज उहाँले सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
मासु सर्वेक्षण : गुणस्तरको जाँच हेरेर र छामेर मात्रै
कन्जुमर आई नेपालले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदन अनुसार मासुको गुणस्तर जाँच हेरेर र छामेर मात्रै गरिएको पाइएको छ ।
वंशाणुगत कारणले महिलाको अनुहारमा दाह्री आउँछ
महिलाको शरीर, अनुहारमा अनावश्यक रौँ, दाह्री आउने समस्या बढ्दो छ । अनावश्यक रौँ, दाह्री आउने समस्या लिएर दिनमा दुई तीन जना जना परामर्शका लागि छालारोग विशेषज्ञसम्म पुग्ने गर्छन् ।
यो वर्षको हिउँद पनि सुख्खा हुने, थपियो चुनौती
लगातार दुई वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मङ्सिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ ।
हुस्सु र शितलहरले पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध
बाक्लो हुस्सु र शितलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
तिब्बतमा शक्तिशाली भूकम्प: दक्षिणका छिमेकी मुलुकसम्म प्रभाव
चीनको सिजाङ स्वायत्त क्षेत्र अर्थात् तिब्बतको सिगात्से सहरको डिङ्गयी काउन्टी केन्द्रविन्दु भएर मङ्गलबार बिहान ६ः५० बजे ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पले तिब्बतमा मात्र
उपत्यकामा बाह्रै महिना खानेपानी,विकल्पमा लिफ्टिङ र जलाशय
सरकारले काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा विभिन्न लिफ्टिङ र जलाशययुक्त आयोजनाको काम अगाडि बढाएको छ ।
आर्यावलोकितेश्वरको महास्नान (फोटो फिचर)
काठमाडौँ, पुस २३ गते। मंगलबार सेतो मच्छिन्द्रनाथ आर्यावलोकितेश्वरको महास्नान सम्पन्न भएको छ।काठमाडौँको केलटोलमा रहेको जनबहाल मन्दिरको प्राङ्गणको न्हवं दबूँ अर्थात् महास्नान गराउने मण्डपमा विराजमान गराइ विधिवत् रूपमा पूजा अर्चना गरेरमहास्नान गराइएको हो ।पोंहेलाथ्व अष्टमी अर्थात् पुस शुक्ल अष्टमी तिथिको दिन सेतो मछिन्द्रनाथको महास्नान हुन्छ।अघिल्लो दिन सप्तमीका दिन सम्बन्धित गुथियार तथा गुर्जुहरू बाजागाजाका साथ कलशमा जल लिन जाने परम्परा छ।महास्नानको लागि ढल्कोस्थित निर्मल तीर्थबाट कलशार्चन पूजा गरी त्यहाँबाट विभिन्न पाठ–स्तोत्र पढ्दै जल ल्याउने गरिन्छ।महास्नानको समयमा जिवितदेवीले अवलोकन गर्न आउने परम्परा छ ।९ वटा कलशमा जल लिएर फर्कँदा, ठाउँ–ठाउँमा पराल जम्मा गरी आगो तपाउने चलन पनि रहेको छ।यसरी आगो किन बालिन्छ भन्ने कुरामा यकिन तथ्य नभए तापनि, तत्कालीन समयमा नदीबाट फर्किदा चिसो हुने तथा रातको समय भएकोले जनावरहरू आउन सक्ने हुनाले ठाउँ– ठाउँमा परालको मुस्लो बाली ठुलो आगो बाल्ने गरेको जनश्रुति रहेको छ।महास्नान पश्चात् सेतो मछिन्द्रनाथको मूर्तिलाई सेतो कपडाले छोपेर अर्कै स्थानमा राखिन्छ र रंगरोगन तथा मर्मत गर्ने कार्य गरिन्छ। बुधबारदेखि पुन लोकेश्वरको मूर्तिलाई साजसज्जा गरिन्छ भने आउँदो पूर्णिमाको दिनमा दशकर्म विधि गरेर पुनः मन्दिरमा आर्यावतिलोकेश्वरलाई प्रतिस्थापन गरिन्छ।यो महास्नानको कुमारीले अवलोकन गर्ने चलन छ।उपत्यकामा रहेको चार करुणामयमध्ये एक मानिने श्री सेतो मछिन्द्रनाथलाई पितृको उद्धार गर्ने देवता तथा सुख शान्ति र रोगव्याधी निको पार्ने देवताको रूपमा पूजा गर्ने चलन छ।
पार्टीभित्र कुनै पूर्व समूह छैनन्, सबै एमाले हुन् : अध्यक्ष ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्षले केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूह कायम नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताउनुभएको छ।
तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते
तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो ।
खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताउनुभएको छ ।
तिब्बत भूकम्प : रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा र सोलुखुम्बुमा सामान्य क्षति
मङ्गलबार बिहान गएको भूकम्पका कारण रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा र सोलुखुम्बुमा केही घरहरुमा सामान्य क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पबाट भएको भौतिक तथा मानविय क्षतिको विवरण बुझ्न २५ सय सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
तिब्बत भूकम्प : मृतकको सङ्ख्या ५३ पुग्यो
तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सिन्हाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएको प्रारम्भिक विवरण आएको छ ।
सहकार्यतर्फ अग्रसर मधेशकेन्द्रित दल
सत्ता र शक्तिको खेलमा लागेर छिन्नभिन्न भएका मधेशकेन्द्रित दलहरू नयाँ ढङ्गले सहकार्य गर्न अग्रसर भएका छन् । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राजनीतिक स्थिर
नुन किन्न वडाको सिफारिस
बाजुराका नागरिकलाई नुन किन्न वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । बाजुरामा आवश्यकभन्दा बढी नुन प्रयोग हुन थालेपछि वडाको सिफारिस लिन थालिएको हो । नागरिकताका आधारमा सहुलियतको नुन उपलब्ध गराउने गरि
काठमाडौँ–कुलेखानी–हेटौँडा सडक निर्माण सुस्त, नागरिकलाई सास्ती
काठमाडौँदेखि कुलेखानी हुँदै हेटौँडा पुग्ने सडक निर्माणमा चरम लापरबाही र ढिलाइ हुँदा काठमाडौँ र मकवानपुरका दुई पालिकाका नागरिक सास्ती भोग्न बाध्य छन् ।
प्रतिवेदनमाथि छलफल जारी, मंगलबार अध्यक्ष ओलीको सम्बोधन
नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठक लम्बिएको छ । अध्यक्ष ओलीले मंगलबार बैठकमा उठेको जिज्ञासालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
दुई होइन, नेपाल तीन ढुङ्गाबिचको तरुल
बदलिँदो विश्व परिवेशसँगै नेपालको भू–राजनीतिक संवेदनशीलता बढ्दो छ । महाशक्ति बन्ने होडमा छिमेकी मुलुक चीन र उदीयमान शक्ति अर्का छिमेकी भारत प्रतिस्पर्धामा हुँदा नेपालको परराष्ट्रनीतिका चुनौती पेचिलो बन्दै गएको छ ।
मधेश भूमि मन्त्रालयका तत्कालीन सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
जीर्ण बन्दै नख्खु काेरिडाेर, सास्ती खेप्दै स्थानीय
गत असोज महिनामा आएको बाढीका कारण भत्किएको नख्खु काेरिडोरको बाटो बन्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ । बाढीले भत्काएको बाटो बनाउन महानगरपालिकाले सामान्य पहल गरेपनि सहज रुपमा हिँड्न सक्ने अवस्थामा छैन ।
चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो
अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ ।
आजबाट रविको तर्फबाट बहस सुरु
पोखरा–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु हुँदै छ ।
स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३१४ परियोजना छनोट
स्टार्टअप उद्यम कर्जाका लागि एक हजारभन्दा बढी परियोजना छनोट भएका छन् । सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि–२०८१ अनुसार कर्जा प्रदान गर्नका लागि एक हजार ३१४ परियोजना छनोट गरेको हो ।