बाढी र डुबानपछिको काठमाडौँ (फोटो फिचर)
गत बिहीबारदेखिको अविरल वर्षाले बाढीपहिरो र डुबानले देशभर वितण्डा मच्चायो । लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ ।
ढोरपाटनका नगर प्रमुखमाथि सहकारीको दुई अर्ब ठगीमा अनुसन्धान सुरु
सहकारीको दुई अर्ब ठगी अभियोगमा पक्राउ पर्नुभएका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई आइतबार राति बागलुङ लगिएको छ । शुक्रवार भारतको नयाँ दिल्लीमा पक्राउ पर्नु भएका उहाँलाई शनिवार काठमाडौँ ल्याइएकोमा आइतबार साँझ पोखरासम्म विमानमा ल्याइएको थियो ।
अनुदान बीउको धान नफलेपछि.....
नगरपालिकाले ५० प्रतिशत अनुदानमा दिएको उन्नत जातको ‘सावा मन्सुली सव १’ मा धानमा फल नलागेपछि खेती थन्काउने बेलामा किसानहरू मारमा परेका छन् ।
झ्याप्लेखोलामा मागिरहे गुहार तर....
दुई दिनको अविरल घनघोर वर्षापछि गएको बाढीपहिरोको डरलाग्दो प्रतिविम्ब बनेको छ, झ्याप्लेखोला ।
सुरुङमार्ग बन्यो सहारा
अविरल घनघोर वर्षा र त्यसैका कारण आएको बाढीपहिरो र डुबानले सङ्घीय राजधानी काठमाडौँ सडक सञ्जाल सम्पर्कबाट अलग हुँदा सुरुङमार्ग सहारा बनेको छ ।
रोसीको बबन्डर : जहाँ खानी र क्रसर त्यहाँ समस्या
अविरल घनघोर वर्षापछिको बाढीपहिरोमा परेर काभ्रेपलाञ्चोक जिल्लामा मात्र ३१ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।
उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा
काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ ।
बल्खुमा बाढीको वितण्डा : चार सय नागरिक विस्थापित
बल्खु क्षेत्रमा बस्दै आउनुभएकी गायत्री सापकोटा खोला बढेर आउँदा खाना पकाउँदै हुनुहुन्थ्यो । ६० वर्षीय गायत्री मुटुरोगी समेत हुनुहुन्छ ।
सर्वदलीय बैठकका नौ निर्णय (सूचीसहित)
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकले विभिन्न नौ वटा निर्णय गरेको छ ।
बङ्गलादेश हिँडेका आमासहित छोराछोरी झ्याप्लेखोलामा अस्ताए
धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा पुरिएर स्याङ्जाका तीन जनाको मृत्यु भएको छ।
विपद् पीडितलाई कांग्रेसले ५० लाख सहयोग गर्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद् पीडितका लागि तत्कालका लागि ५० लाख रुपियाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति, विद्युत् उत्पादन बन्द
अविरल वर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो ।
बिपी राजमार्ग क्षतविक्षत : सेनाले थाल्यो काम
तराईका जिल्लालाई छोटो दूरीमा राजधानीसँग जोड्ने जापान सरकारको सहयोगमा निर्माण भएको बिपी राजमार्ग दुई दिनअघिको अविरल वर्षाका कारण क्षतविक्षत गरी भत्किएको छ ।
हे भगवान् ! पेट्रोल निक्लियोस्, ज्वाला ननिभोस्
खोलासहित खोला छेउछाउमा बर्सौंदेखि निरन्तर फुरुरु आगोको ज्वाला बलिरहन्थ्यो । दैलेखको पञ्चकोशी क्षेत्रमा बल्ने त्यही आगोलाई स्थानीयले भगवान्को लीला नै सम्झिएर पूजाआजा गर्ने गरेका छन् ।
उद्धार र राहत कार्यलाई तीव्रता दिन आग्रह
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोबाट देशैभर जनधनको क्षति भएपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे,
राजधानीमा हालसम्मकै धेरै २३९.७ मिलिमिटर वर्षा
बिहीबार रातिदेखि परेको अविरल घनघोर वर्षाका कारण ठुलो जनधनको क्षति भएको छ ।
तस्बिरमा उद्धारका कार्य : एकैपटक उद्धार गर्नुपर्दा हम्मेहम्मे
देशव्यापीरूपमा परेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ ।
नागरिकको खोजी, उद्धार र राहत उच्च प्राथमिकता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अविरल वर्षापछि आएको बाढीपहिराका घटनामा परेका नागरिकको खोजी, उद्धार र राहतलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ ।
काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावलीसहित)
बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकमा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्युभएको पुष्टि गरेको छ ।
उद्धार र राहतका काममा सुरक्षा संयन्त्र सक्रिय
अविरल वर्षाका कारण उत्पन्न विषम परिस्थितिको सामना तथा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी रूपमा सञ्चालन गर्न सुरक्षा निकाय एवम् संयन्त्र सक्रियतापूर्वक प्रभावित स्थानमा परिचालन भएका छन् ।
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
‘उपत्यकाको जमिनले ठुला संरचना थेग्न सक्दैन’
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले भूगर्भविदहरुका अनुसार ठुला संरचना उपत्यकाको जमिनले थेग्न नसक्ने भएकाले सङ्घीय राजधानी दाङमा सार्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु
वर्षाजन्य विपदमा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो ।
बस्तीमा नारायणी छिरेपछि सय बढी घर डुबानमा
लगातारको वर्षाका कारण नारायणी नदीमा आएको बाढी बस्तीमा छिरेको छ । नदी बस्तीमा पसेपछि गैँडाकोटका करिब सय बढी घर डुबानमा परेका छन् ।