नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
सन्कट्टी घाटमा पक्की पुल बन्ने
सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको गेरुवा गाउँपालिका जोड्न कर्णाली नदी सन्कट्टी घाटमा पक्की पुल बनाइने भएको छ । पुल सेक्टर नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले ७५० मिटर लामो पुल, पाँच मिटर कालोपत्रे बाटो र एक किलोमिटर नदी नियन्त्रणका लागि ठेक्का भएको जानकारी दिनुभयो । भण्डारीका अनुसार डिजाइनसहित भ्याटबाहेक एक अर्ब तीन करोडको ठेक्का भएको र चार वर्ष पाँच महिनामा काम पूरा हुनेछ । पुल बनाउन निर्माण कम्पनीले नै डिजाइन गर्नेछ भने सडक विभागले स्वीकृत गर्नेछ ।
छ वर्षमा पनि बनेन पुल
जिल्लाको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल छ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन। सडक डिभिजन कार्यालय चौरजहारीका अनुसार तीन वर्षमै निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको सानीभेरी नदीको पुनको निर्माण कार्य भइरहेको छ।
राष्ट्रिय योजना आयोगमा ज्ञवाली, शाक्य र शाही नियुक्त
सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ ।
राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
सेल्फी लिँदा चिप्लेर एककाे मृत्यु
बुटवल सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा तिनाउ गाँउपालिका – २ भुतखोलामा घुम्न पुगेका एकजनाको भुतखोलाको रह (दह) मा डुबेर मृत्यु भएको छ ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्णय
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुनेगरी आज (सोमबार) मिति तोकेको हो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार अहिले देशभरको आकाशमा बादल लागेको छ ।
साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाए रेष्टुरा
सङ्ख्याविज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र सुरु हुन्छ ।