• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

blog

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ताको आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, माघ १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

महान्यायाधिवक्ता पोखरेलले सोमबार राष्ट्रपति भण्डारीसमक्ष संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।