ललितपुर–३ मा डा. तोसिमा कार्कीको अग्रता कायमै
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।
काठमाडौं– ८ मा स्वतन्त्र पार्टीका श्रेष्ठको अग्रता
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता कायमै राख्नुभएको छ ।
झापामा ३५ सय मतले अध्यक्ष ओली अगाडि
झापाको क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गठबन्धनको तर्फबाट उम्मेदवार रहनु भएका नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारी भन्दा तीन हजार ५३० मतान्तरले अगाडि रहनु भएको छ ।
चार हजार मतसहित भट्टराई भन्दा गगन अगाडि
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले चार हजार १५४ मतसहित अग्रता कायम राखेको छ ।
गुल्मीमा पुनः मतदान सुरु
गुल्मीमा स्थगित भएको कालीगण्डकी गाउँपालिका अर्बेनीको भगवती मावि मतदान केन्द्रको मतदान पुनः सुरु भएको छ ।
पाँचथरमा एमालेको अग्रता
प्रतिनिधि सभा सदस्यतर्फ पाँचथरमा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले १६७२ मत सहित अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई कांग्रेसका भीष्मराज आङदेम्वेले १४५७ सहित पछ्याइ रहनु भएको छ ।
ललितपुर–१ मा उदय शमशेरको अग्रता
ललितपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले १६६ मतले अग्रता लिनुभएको छ ।
कोमल वलीलाई पछि पार्दै कांग्रेसका गिरीको अग्रता कायमै
दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राख्नुभएको छ ।
मतदान गर्न बिहान ५ः३० देखिनै लाम
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्ने भरतपुर महानगरपालिका वडा नं. ११ का मतदाता उत्साहित भएर बिहान ५ः३० बजे देखिनै लाइनमा बसेका छन् ।