एउटै नगरपालिकाबाट गण्डकी प्रदेशमा दुई मन्त्री
पुतलीबजार नगरपालिकाबाट गण्डकी प्रदेश सरकारमा दुई मन्त्री बन्नुभएको छ । एक मुख्यमन्त्रीसहित चार जनाको मन्त्रिमण्डल गठन हुँदा स्याङ्जाको एकै नगरपालिकाका दुई मन्त्री बन्नुभएको हो ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा बस्दैछ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार मंगलबार बिहान ११ः३० मा सो बैठक बस्न लागेको हो ।
गण्डकी प्रदेश मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ।
पानी छैन, आँसु छ
बैतडीको सुर्नया गाउँपालिका–५ को पल्लो धुलिधारमा खानेपानीको हाहाकार छ। तल खोलाबाट दुई घण्टा दिनहुँ पानी बोक्नु पर्दा यहाँका अधिकांश महिलाको पाठेघर खस्ने समस्या छ। यहाँका बासिन्दाले जनप्रतिनिधि वा पार्टीका नेतासँग धुरुधुरु रोएर खानेपानीकै माग गर्ने गरेका छन्। २०७४ सालको निर्वाचनमा खानेपानीको माग गरेका मतदाताले पाँच वर्षसम्म पनि माग पूरा नभएको बताए। चुनावका बेला खानेपानी दिन्छु भनेर उम्मेदवारले भोट मागे पनि चुनावी वाचा पूरा नहुँदा यस पटकको निर्वाचनमा समेत धुलिधारवासीले खानेपानीकै माग दोहो¥याएको स्थानीय भरत
कोरोना संक्रमणको जोखिम कायमै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले नेपालमा कोरोना सङ्क्रमणदर कम हुँदै गए पनि संक्रमणको जोखिम कम भइनसकेको बताउनुभएको छ।
विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ ।
ज्येष्ठ सदस्यको अध्यक्षतामा सर्वदलीय बैठक बस्दै
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि विषयहरू तय गर्न आज शुक्रबार सर्वदलीय बैठक बोलाउनुभएको छ । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बस्ने भएपछि त्यसकै तयारीका लागि यो बैठक बोलाइएको हो ।
पाल्पामा बिहे भोज खाएका ८० बढी बिरामी
बिहेको भोज खाएपछि पाल्पाको बगनासकालीस्थित चिर्तुङधारा ८० जना भन्दा बढी स्थानीयवासी बिरामी परेका छन् । बगनासकाली–१, चिर्तुङधारा स्थित घोर बन्दामा गएको शनिवार भएको बिहेको भोज खादा घोर बन्दा बुढाखान्डे, भाङ जेली, अम्रेली, पिपरटुङ, ढाडटोलवासी बिरामी परेका हुन् ।
प्रतिनिधि सभातर्फ सात स्थानको मत परिणाम आउन बाँकी
प्रतिनिधि सभातर्फको १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा छ ।