• ३० वैशाख २०८१, आइतबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

blog

सहदेव बस्नेत

जाजरकोट, वैशाख १६ गते । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका १२ खेतापाता भन्ने स्थानमा गिट्टी बोकेको रा १ त २९५९ नं को जिप दुर्घटनामा परी सोही वडाका ४२ वर्षीय खडक बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार छेडागाड १२ पालेवाटबाट मनघाटतर्फ गिट्टी बोकेर गइरहेको ट्याक्टर एक्कासि अनियन्त्रित हुँदा ट्याक्टरमा टाउको ठोक्किएर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनाबारे आवश्यक अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगिसकेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिनुभयो ।