होमस्टेमा रमाउँदा
धेरै मान्छेलाई धन कमाउने अनि समाज, इस्टमित्रबाट ‘ओहो क्या राम्रो गरेको’ भन्ने आवाज सुन्न मन लाग्न सक्छ । यस्तो विचार लिएर एकसुरले हिँडिरहँदा आफ्नो संस्कार, संस्कृति र परम्परामा भने ध्यान नपुग्न सक्छ । यति मात्र होइन, विदेशीको नक्कल गर्न पनि पुग्न सक्छौँ । धेरै नेपाली दाजुभाइ, दिदीबहिनी विदेशको तातो ठाउँमा गएर दुःख मेहनत गरेर पेट पाल्न बाध्य छन् । यस्तो अवस्थामा स्वदेशमै रहेकाले आफूले जानेको कामबाट कहीँ कतै सहयोग पुगोस् भन्ने उद्देश्यले केही त गर्नैपर्छ, जुन कामले परिवारसँगै बस्नका लागि बाटो खोलोस् । आफ्नै देशमा बसेर धेरथोर कमाउन सकियोस् ।
सहकारीका बचतकर्ताको रकम जोखिममा
रुपन्देहीका केही सहकारी संस्था सङ्कटमा रहेको पाइएको छ । बुटवलमा रहेको शिवशिखर, सुप्रिम र आगन्तुक सहकारीका बचतकर्ताले रकम निकाल्न नपाएको गुनासो सार्वजनिक भएपछि सहकारीहरू सङ्कटमा रहेको पाइएको हो । लुम्बिनी प्रदेश सहकारी विकास बोर्डको उपाध्याक्ष टीकाराम पोखरेलले प्रदेशमा सञ्चालनमा रहेका केही सहकारी संस्थामा समस्या देखिएकाले सरकारले कानुुनी प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
विवाह गर्दै निहारिका र शिवराज
आफूलाई ‘कुमारी आमा’का रूपमा चिनाउँदै आउनुभएकी निहारिका राजपुत र आरोपित शिवराज श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिने हुनुभएको छ ।
बैंक एकाउण्ट ह्याक गरी चार लाख चोरी, आठ जना पक्राउ
ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशीया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।
बलि दिन भारत पुर्याइएकी बालिकाको उद्धार
बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।
स्रोत नखुलेको २१ लाख भारतीय रुपियाँसहित तीन पक्राउ
कपिलवस्तु प्रहरीले स्रोत नखुलेको २१ लाख सात हजार एक सय भारतीय रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ । स्रोत नखेलेको भारतीय रुपियाँ ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
सांसद अरुण चौधरी जेल चलान
प्रतिनिधिसभा सदस्य एवम् नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् ।
नेपाल एयरलाइन्सको टिकट ई-सेवाबाट काट्न सकिने
नेपाल वायु सेवा निगमले नेपाल एयरलाइन्सको टिकट यात्रुको सहज पहुँचका लागि भन्दै आजबाट ई सेवाबाट समेत काट्न मिल्ने व्यवस्था गरेको छ । ई सेवा मार्फत नेपाल एयरलाइन्सको टिकट सिस्टममा गएर उडान गर्ने गन्तव्य छनौट गरी टिकट काट्न सकिने व्यवस्था सुरु भएको हो ।
रास्वपाले सरकार नछाड्ने, दुई दिन अझै पर्खने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा वर्तमान राजनीतिक अवस्थामा गहन छलफल भएको छ ।