नेपाल एयरलाइन्सको टिकट ई-सेवाबाट काट्न सकिने
नेपाल वायु सेवा निगमले नेपाल एयरलाइन्सको टिकट यात्रुको सहज पहुँचका लागि भन्दै आजबाट ई सेवाबाट समेत काट्न मिल्ने व्यवस्था गरेको छ । ई सेवा मार्फत नेपाल एयरलाइन्सको टिकट सिस्टममा गएर उडान गर्ने गन्तव्य छनौट गरी टिकट काट्न सकिने व्यवस्था सुरु भएको हो ।
रास्वपाले सरकार नछाड्ने, दुई दिन अझै पर्खने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा वर्तमान राजनीतिक अवस्थामा गहन छलफल भएको छ ।
सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व हो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । सिमसार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले जलवायुजन्य जोखिम तथा अवाञ्छित मानवीय कारण सिमसार क्षेत्र सङ्कटमा पर्दै गएको उल्लेख गर्नुभएको छ ।
आठ करोड ३२ लाख रुपियाँ मूल्यको सुनसहित क्यानडाका नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।
नौ वर्षपछि पुल निर्माण
चितवनको ठिमुराबाट तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु गरेको नवौँ वर्ष मात्र सम्पन्न हुने भएको छ। निर्माण गर्दै गर्दा दुई पटकसम्म स्ल्याप लडेर समस्या भएको पुलको हाल अन्तिम ढलानको काम हुँदै छ। सिमेन्टेड स्ल्याप निर्माण पूरा भएको छ भने फलामे ट्रस्टको भाग निर्माणको तयारीमा रहेको छ।
अङ्ग्रेजी वर्षको पहिलो एक महिनामा भित्रिए ५५ हजार पर्यटक
काठमाडौं, माघ १८ गते। अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन्। पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो। उहाँले अफ सिजनमा पनि उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिनु सकारात्मक सुरुआत भएको उल्लेख गर्नुभयो। जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक आएका छन्। अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। त्यस्तै, अष्ट्रेलियाबाट तीन हजार चार सय ४१ र बङ्गलादेशबाट दुई हजार चार सय ६८ पर्यटक भित्रिएको बोर्डको विवरणमा उल्लेख छ।सन् २०२२ को जनवरीमा १६ हजार चार सय ३६ पर्यटक आएका थिए भने सन् २०२१ मा आठ हजार छ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो विवरण हेर्दा महामारीपछि जनवरी महिनामा हालसम्मकै उल्लेख्य पर्यटक आएको देखिन्छ। कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो। उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए। त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए। जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो। रासस
‘पापिनी’ मेलामा किशोरी विवाह
रुकुमपश्चिमको मुसीकोट–७, साँखमा हरेक वर्ष माघ १४ गते लाग्ने ‘पापिनी’ मेला धुमधामसाथ मनाइएको छ। मेलाको प्रमुख आकर्षणका रूपमा किशोरीले बेहुलाको रूपमा सिँगारिएर विवाह कार्य सम्पन्न गरिन्छ। रीतअनुसार बेहुली माग्ने, जन्ती जाने, बेहुली लिएर फर्कने, धुमधामको भोजभतेर र मेला भर्ने कार्य ‘पापिनी’ मेलामा गरिन्छ। यो मेला तीन दिनसम्म धुमधामसाथ मनाइन्छ।
मोतीगडामा फेला पर्यो प्राचीन भग्नावशेष
उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित मोतीगडामा पुरानो दरबारको भग्नावशेष तथा प्राचीन विभिन्न वस्तुको अवशेष फेला परेको छ। पुरातत्त्व विभागबाट आएको पुरातत्त्वविद्द्वय देवेन्द्रनाथ तिवारी र प्रकाश दर्नालको टोलीले सो क्षेत्रमा गरेको उत्खननका क्रममा दरबार र पुराना वस्तुको भग्नावशेष फेला परेको हो।
पशुको बोसो मिसाइएको घिउ प्रहरीद्वारा बरामद
रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगबाट प्रहरीले ठूलो परिमाणमा अखाद्यवस्तु बरामद गरेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मङ्गलबार साँझ फूलतारा डेरी उद्योगमा छापा मारी अखाद्यवस्तु बरामद गरेको हो।