• १५ चैत २०८०, बिहिबार

आठ करोड ३२ लाख रुपियाँ मूल्यको सुनसहित क्यानडाका नागरिक पक्राउ

blog

काठमाडौँ,  माघ  १९ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आठ करोड ३२ लाख रुपियाँ मूल्य बरावरकाे नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो । बिहीबार सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ रहेको छ । यो मूल्य अनुसार बरामद गरिएको सुनको मूल्य करिब ८ करोड ३२ लाख पर्न आउँछ । 

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो । उक्त घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताउनुभयो ।