प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।
गृहमन्त्री श्रेष्ठको उपस्थितिमा सुरक्षा बैठक सुरु
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा जिल्लाको सुरक्षा सम्बन्धी बैठक सुरु भएको छ ।
बैंस नआएका लालीगुराँस
चैत–वैशाख महिना वनपाखामा ढकमक्क पुलेर राताम्य हुनु गुराँसको विशेषता नै हो । त्यसैले त अरू फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन सकेको छ ।
सीमा समस्या समाधान चाँडै हुन्छ : परराष्ट्रमन्त्री साउद
नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या समाधान चाँडै हुने बताउनुभएको छ ।
प्रधानमन्त्रीसँग रवि लामिछानेको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ । आइतबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामिछाने र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।
कार दुर्घटनामा दुई जनाको मृत्यु
बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका –२ पीपलभञ्ज्याङ नजिक आइतबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बाघलाई छोराछोरीजस्तै मान्ने ‘बाघ बा’
पैँतालीस वर्ष मात्र पार गर्दै गर्नुभएका आइतराम बोटेको जिउडाल, कपडा लवाइ, खवाइ हेर्दा लाग्छ उहाँ साठी कटिसकेको हुनुपर्छ । झुस्स दारी, पातलो शरीर, मसिनो बोलीका उहाँको नियमित काम हो जङ्गली जनावर, त्यसमा बाघको नियमित स्याहार सुसार गर्ने । यही कामले उहाँलाई धेरैले ‘बाघ बा’ भनेर चिन्छन् ।
राष्ट्रपतिको स्वास्थ्यमा राम्रो सुधार : आइतबार डिस्चार्जको सम्भावना
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएको छ । भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उहाँको उपचार भइराखेको छ ।
भर्नासँगै किताब पाएपछि विद्यार्थी खुसी
गत वर्ष किताब नपाएर नै परीक्षा दिएका बाजुराका अधिकांश विद्यार्थीहरुले यो वर्ष भर्नाकै दिन किताब पाएपछि हर्षित छन् ।
सहकारीमार्फत कृषिजन्य वस्तुको बजारीकरण
दोलखाको कालिञ्चोक गाउँपालिकाका कृषकले उत्पादन गरेका वस्तुहरूको बजारीकरण सुरु गरिएको छ ।
जनकपुरधाममा आदिकवि भानुभक्तको सालिक पुनः निर्माण सुरु
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले भानुचोकमा भानुभक्तको सालिक निर्माणका लागि शिलान्यास गर्नुभएको छ ।
मुख्यमन्त्री शर्मालाई तेस्रो पटक विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा उहाँले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।
‘सांसद कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन्’
प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ।
भूकम्पले बाजुरामा २३ घरमा क्षति
बाजुरामा बिहीबार राति गएको भूकम्पले २३ वटा घर भत्किएका छन् । बिहीबार राति ११ बजेर ४५ मिनेटमा बाजुरामा केन्द्र विन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
कर्मचारीले नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि : मन्त्री मोदी
सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री अमललाल मोदीले सरकारी कर्मचारीहरूले सरकारको नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको बताउनुभएको छ ।
‘जारी’ ले दुई सातामा कमायो १२ करोड
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत ‘जारी’ तेस्रो सातामा प्रवेश गरेको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म तेस्रो साता पनि उच्च शोजका साथ प्रदर्शन भइरहेको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित दुई मन्त्रीद्वारा शपथ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री पाण्डेले दुई मन्त्री नियुक्त पनि गर्नुभएको छ । मन्त्रिपरिषदमा कांग्रेसका सरस्वती अर्याल र माओवादी केन्द्रका सुशीला सिम्खडा मन्त्री बन्नुभयो । उहाँहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ ग्रहण गराउनुभयो ।
लामिछाने र वाग्लेले लिनुभयो सांसद पदको शपथ
यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुईजना प्रतिनिधिसभा सदस्यले शपथग्रहण गर्नुभएको छ । चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेको आज (शुक्रबार) शपथग्रहण गर्नुभएको हो ।
राष्ट्रपतिको स्वास्थ्य परीक्षण रिपोर्ट सकारात्मक
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
घुस लिएको आरोपमा उद्योग विभागका शाखा अधिकृत पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र करार सेवाका कार्यालय सहयोगी दिपा थापालाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौं ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौं ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी कुवेत
सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई)ले समूह ‘ए’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।
तनहुँका पालिकाले श्रम स्वीकृतिको आवेदन लिन थाले
वैदेशिक रोजगारमा जाने युवायुवतीले श्रम स्वीकृतिको आवेदन दिने सुविधा पालिकाबाटै पाउन थालेका छन्।
बालाजुको कोत धुकु पेट्रोल पम्पमा सिलबन्दी
काठमाडौं महानगरपालिकाले वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको छ । वैशाख ६ गतेको प्रमुख स्तरीय निर्णयबाट आज (बिहीबार) शिलबन्दी गरिएको हो ।