• १६ भदौ २०८१, आइतबार

प्रधानन्यायाधीश कार्कीको शपथ आजै

blog

संसदीय सुनुवाइमा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की । तस्बिर : सुजन गुरुङ

काठमाडौं, असार १ गते । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीश लागि अनुमोदन भए लगत्तै राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ। 

राष्ट्रपति कार्यालयका अनुसार प्रधानन्यायाधीशका रूपमा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार साँझ सवा ५ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लाग्नुभएको हो । 

संसदीय समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले समिति सदस्यको जिज्ञासाको जवाफ दिएपछि उहाँको नाम प्रधानन्यायाधीशको रूपमा अनुमोदन भएको हो । 

बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी  दिनुभएको थियो ।

यो पनि पढ्नुहोस

प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन