• ७ पुस २०८१, आइतबार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

blog

काठमाडौं, असार ३ गते । उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो । 

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.रत्नमणि गजुरेलले राष्ट्रपतिको मुटुको चालको निगरानी भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । गत मङ्गलबार राष्ट्रपति पौडेलकाे मुटुमा समस्या देखिएपछि शहीद गङ्गगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराएर फर्किनुभएको थियो । 

यसअघि अस्वस्थ भएपछि पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसपछि उहाँलाई भारतको राजधानी नयाँ दिल्ली लगेर त्यहाँस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो ।



यो पनि पढ्नुहोस

राष्ट्रपति पौडेल अस्पताल भर्ना