काठमाडौं, असार १ गते । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक वडा अध्यक्ष दिलावर कवडिया घुस रकमसहित पक्राउ परेका छन् ।
कार्यवाहक अध्यक्ष कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी कृषि अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालयबाट खटिएको टोलीले ९ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।