क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ ।
अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ ।
मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै कोरोना सुरुभएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
जोहानेस्बर्गमा शनिबार राति भएको गोलीकाण्डमा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । गोली प्रहारबाट तीनजनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् ।
भारतमा कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।
श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुव्रमण्यम् जयशङ्करबीच इन्डोनेसियाको पर्यटकीय सहर बालीमा भेटवार्ता भएको छ ।
लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भइसकेको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ ।
मध्य फिलिपिन्समा मङ्गलबार बिहान सन्दिग्ध विद्रोहीहरूले गस्ती गरिरहेका सरकारी सेनालाई आक्रमण गर्दा सात सैनिक घाइते भएका छन् ।
लाओसमा सन् २०२२ को पहिलो छ महिनामा छ हजार ४७ जना डेंगु ज्वरोका बिरामीहरू फेला पारेका छन् ।
इन्डोनेसियाको आरफुरा समुद्रमा डुङ्गा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् ।
आइतबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा भारतमा कोरोनाभाइरसबाट थप १६ हजार १३५ सङ्क्रमित भएका छन् ।