हालैका दिनहरुमा युक्रेनमा जारी रहेको सङ्कटका कारण विशेष गरी पूर्वी अफ्रिकी क्षेत्रमा खाद्यान्न सङ्कट पर्न सक्ने संयुक्त राष्टसङ्घले जनाएको छ ।
माथिल्लो सदनका सदस्यहरु छनाेटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी दिनुभयो ।
अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि गरिएको छ ।
मेक्सिकोमा प्रहरी कारबाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको बताइएको छ ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
चीनमा सोमबारदेखि राष्ट्रिय उर्जा बचत सप्ताह सुरु भएको छ । उर्जाको महत्व, आवश्यकता, अवस्था र वचत गर्नुपर्ने कारणहरुका बारेमा जानकारी दिन वार्षिक कार्यक्रम स्वरुप उर्जा सप्ताह सुरु गरिएको हो ।
देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति ९० खर्ब ५० अर्बको बजेट सार्वजनिक गरेको छ ।
दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती–कियाङको माइरकाङ सहरमा शुक्रबार बिहान बेइजिङ समयानुसार १ः२८ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिइएनसी) ले जनाएको छ ।
युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोगका लागि आह्वान गरेका छन् ।
नाइजेरियाको एक चर्चमा यसै हप्ता भएको हिंसात्मक हमलामा परेर ज्यान जाने नागरिकको सङ्ख्या कम्तीमा पनि ४० पुगेको छ ।
पाकिस्तानको पञ्जाब प्रान्तमा अलग–अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा नौजनाको ज्यान गएको छ । गएको २४ घण्टा यता भएका ती हमलाहरुमा नौजनाको हत्या भएको प्रहरीले जनाएको छ ।
यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ ।
भारतमा कोरोना भाइरसबाट थप ४५ सयभन्दा बढी सङ्क्रमित भएका छन् ।
भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ ।
अर्जेन्टिनामा पछिल्लो एक हप्तामा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक हप्तामा अर्जेन्टिनामा ४६ हजार ४५ जना नयाँ सङ्क्रमित भएका हुन् ।