चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ । सङ्कट व्यवस्थाका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ऋण पाउने आशामा सरकार रहेको छ ।
भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघले विश्वमा खाद्य असुरक्षाको अवस्था झन् बढ्दै गएकाले सबै गम्भीर हुनुपर्ने बताएको छ ।
चीनको साङ्घाइमा कोरोनाको सङ्क्रमण घटेको पाइएको छ । यहाँ गएको २४ घण्टामा यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएकाको सङ्ख्या ८२ मात्र रहेको छ ।
द्वन्द्व र प्राकृतिक प्रकोपहरूले गत वर्षमा दशौं लाख मानिसहरूलाई आन्तरिकरूपमा विस्थापित गराएको छ ।
भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २७ हजार १७७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले जर्मन र फ्रान्सका नेताहरुसँग फोनवार्ता गर्नुभएको युक्रेनका राष्ट्रपतिको कार्यालयले मङ्गलबार जनाएको छ ।
अमेरिकामा करिब एक करोड ३२ लाख बालबालिका कोभिड १९ बाट सङ्क्रमित भएका छन् । यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएका बताइएको छ ।
संसदद्वारा नियुक्त लिबियाको विद्रोही सरकारले मङ्गलबार राजधानी त्रिपोली आइपुगेको बताएको छ । यद्यपि, एकीकृत सरकारले सत्ता छोड्न भने अस्वीकार गरेको छ ।
भारत २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले मङ्गलबार जानकारी दिएका छन् ।
श्रीलङ्काका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताउनुभएको छ । उहाँले देशको आर्थिक अवस्था केही महिनादेखि नै सङ्कटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताउनुभएको हो ।
इन्डोनेसियाको जाकार्तामा मङ्गलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ । मङ्गलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
पाकिस्तानको पेसावर शहरमा आइतबार गोली हानेर दुई जना व्यापारीको हत्या गरिएको समाचार छ ।