श्रीलङ्कामा केही दिनयतादेखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् ।
मलेसियामा गएको २४ घण्टामा २ हजार जनाभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घण्टामा दुई हजार १५३ जना कोरोना सङ्क्रमित भेटिएका हुन् ।
क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घले इथियोपियाका लागि तत्कालै खाद्यान्नको बीउ र मलको आवश्यकता रहेकाले सहयोगका लागि सबैसँग अपिल गरेको छ ।
भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २ हजार १९४ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ ।
संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढ्न थालेको पाइएको छ ।
चीनको धितोपत्र पर्यवेक्षकका उपप्रमुखले अर्थतन्त्रले सामना गरेको चुनौतीका बाबजुद पनि देशको पुँजी बजार र कोष उद्योग रणनीतिक अवसरको महत्त्वपूर्ण अवधिमा रहेको बताएका छन् ।
भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म तीन हजार ५४५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान सुरु भएदेखि मारिउपोल शहर र यसको घेरामा परेको अजोभस्टल स्टिल प्लान्टबाट झण्डै पाँच सय नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले शुक्रबार उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ ।
चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ । गत अप्रिल २९ मा सो भवन भत्किएको थियो ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
तीमध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए । त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए ।
भारत २४ घण्टाको समयावधि अर्थात् सोमबार मधयरातिसम्म दुई हजार ५६८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८४ हजार ९१३ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।