• ९ मंसिर २०८१, आइतबार

अमेरिकी विदेशमन्त्रीलाई कोरोना सङ्क्रमण

blog

वासिङ्टन, वैशाख २२ गते । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार जनाएअनुसार उहाँले कोरोना भाइरसविरुद्धका सबै मात्रा खोपहरु लिइसक्नुभएकोले उहाँलाई कुनै अप्ठेरो समस्या भने नदेखिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

उहाँ अमेरिकाको सेन्ट्रल फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको नियमअनुसार हाल आइसोलेसनमा रहनुभएको विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले विदेशमन्त्री ब्लिंकेनले हाल कुनै पनि अप्ठेरो महसुस नगर्नुभएको र घरबाटै काम गर्नेगरी तयारी गर्नुभएको पनि जनाएको छ ।