• १६ भदौ २०८१, आइतबार

युक्रेनको मारियुपोलबाट झण्डै पाँच सय सर्वसाधारण विस्थापित

blog

युक्रेन, वैशाख २३ गते । संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान सुरु भएदेखि मारिउपोल शहर र यसको घेरामा परेको अजोभस्टल स्टिल प्लान्टबाट झण्डै पाँच सय नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले शुक्रबार उल्लेख गरेका छन् ।

‘हामीले झण्डै पाँच सय नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न सफल भएका छौँ,’ एन्ड्री येर्माकले टेलिग्राममा  उल्लेख गरेका छन् । उनले कीभले विनाशकारी शहरमा फसेका आफ्ना सबै नागरिक र सेनालाई बचाउनको लागि सबै उपाय अवलम्बन गर्नेछ र फसेका  नागरिकलाई  बाहिर ल्याउनेछ ।