• १३ साउन २०८१, आइतबार

मध्य फिलिपिन्समा विद्रोहीको आक्रमणमा परी सात सैनिक घाइते

blog

मनिला, असार २१ गते । मध्य फिलिपिन्समा मङ्गलबार बिहान सन्दिग्ध विद्रोहीहरूले गस्ती गरिरहेका सरकारी सेनालाई आक्रमण गर्दा सात सैनिक घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ ।

८ औं इन्फन्ट्री डिभिजनका कमाण्डर मेजर जनरल एडगार्डो डे लियोनले उत्तरी समर प्रान्तको मपानास नगरपालिकामा स्थानीय समय अनुसार बिहान ६ः१५ बजे आक्रमण भएको बताएका छन् ।

विद्रोहीहरूले एन्टि–पर्सनल माइनमा विस्फोट गराउँदा सैनिकहरू पैदल गस्तीमा रहेको डी लियोनले उल्लेख गरेका छन् । योसँगै सरकारी सेनाहरूले जारी अपरेशन रद्द गर्ने भएका छन् ।