• १३ साउन २०८१, आइतबार

भारतमा एकै दिन १६ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि

blog

नयाँदिल्ली, असार २० गते । आइतबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा भारतमा कोरोनाभाइरसबाट थप १६ हजार १३५ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख १८ हजार ५६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

चौबीस घण्टाको समयावधिमा कोरोना सङ्क्रमणमा २४ को मृत्यु भएको थियो । कोरोना सुरु भएबाट हालसम्म यस महामाहरीका कारण पाँच लाख २५ हजार २२३ को मृत्यु भएको छ ।

हाल भारतमा एक लाख तेह्र हजार ८६४ सक्रिय सङ्क्रमित छन् । गत केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ । 

पछिल्लो एक दिनमा १३ हजार ९५८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख ७९ हजार ४७७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप लगाइएको छ । यहाँ कोरोना सङ्क्रमण सुरु भएबाट हालसम्म ८६ करोड १० लाखभन्दा बढीको कोरोनाभाइरस परीक्षण भएको बताइएको छ ।