• १३ साउन २०८१, आइतबार

मालीका २२ आप्रवासीको निधन

blog

फाइल तस्बिर

बामाको, असार २२ गते । लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भइसकेको छ । सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुमा तीनजना बालबालिकासमेत रहेका जनाइएको छ ।

उनीहरुको गत जुनको २२ तारिखदेखि आजसम्ममा भएका दुर्घटनामा परेर मृत्यु भएको हो । मालीका आप्रवासीहरु लिबियाबाट फिर्ता गर्ने क्रममा उनीहरुको निधन भएको हो ।

केही महिनायतादेखि आप्रवासी सम्बन्धी राष्ट्रसङ्घीय निकायको सहयोगमा लिबियामा रहेका मालीका नागरिकहरुलाई स्वदेश फर्काउन थालिएको छ ।

यसरी उद्धार गरी मालीका नागरिकलाई स्वदेश पठाउने क्रममा उनीहरु र अन्य देशका पनि कतिपय नागरिकहरुको दुर्घटनामा परेर ज्यान जाने गरेको बताइएको छ ।

यसक्रममा भएका दुर्घटनाहरुमा उनीहरुको ज्यान जाने गरेको छ । यही समुन्द्रिक तटमा भएका उद्धारका कार्यमा कम्तीमा पनि ६१ जनाको सकुशल उद्धार भएकाे छ ।