• १३ साउन २०८१, आइतबार

लाओसमा छ महिनामा छ हजारभन्दा धेरै डेंगु ज्वरोबाट सङ्क्रमित

blog

भेन्टियान, असार २१ गते । लाओसमा सन् २०२२ को पहिलो छ महिनामा छ हजार ४७ जना डेंगु ज्वरोका बिरामीहरू फेला पारेका छन् । भाइरसका कारण आठ जनाको मृत्यु भएको पनि लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रको सोमबारको प्रतिवेदनअनुसार लाओसको राजधानी भेन्टियानमा सबैभन्दा बढी तीन हजार १९३ जना डेंगुका बिरामी फेला परेका छन् ।

लाओ स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई डेंगुको फैलावट रोक्न मद्दतका लागि उनीहरूको घर र कार्यस्थल वरपरको सम्भावित लामखुट्टे प्रजनन हुनसक्ने ठाउँहरू विशेष निगरानी राख्न अनुरोध गरेको छ ।