• १६ भदौ २०८१, आइतबार

डुङ्गा डुब्दा १५ जना मछुवा बेपत्ता

blog

फाइल तस्बिर

इन्डोनेसिया, असार २१ गते । इन्डोनेसियाको आरफुरा समुद्रमा डुङ्गा डुब्दा कम्तीमा पनि १५ जना मछुवा (माछा मार्ने व्यक्ति) बेपत्ता भएका छन् । डुङ्गा डुब्दा ती मछुवा बेपत्ता भएका र उनीहरुको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरु गएको शनिबारदेखि नै बेपत्ता रहेका र खोजीकार्य जारी रहेको उद्धारटोलीमा खटेका एकजना अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार मङ्गलबार खराब मौसम तथा हावाहुरीका कारण यहाँको आरफुरा समुद्रमा डुङ्गा पल्टिएको थियो । उक्त डुङ्गा दुर्घटनापछि यसका रहेका मछुवामध्ये कम्तीमा पनि १५ जना अहिलेसम्म पनि बेपत्ता छन् ।

उद्धारकार्यमा खटेका अधिकारीहरुले दिएको जानकारी अनुसार उनीहरु आइतबार र सोमबार खोज्दा पनि भेटिएका छैनन् । इन्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित खोजी तथा उद्धारसम्बन्धी कार्यालयका प्रवक्ता दर्मावान विदीले दिएको जानकारी अनुसार सो डुङ्गामा कम्तीमा पनि २५ जना नागरिक थिए ।

तीमध्ये १० जनाको शनिबार नै सकुशल उद्धार गरिएको थियो भने अरु १५ जना हराइरहेका छन् । उद्धार जारी रहेको तर उनीहरु जीवितै भेटिने सम्भावना भने अब नरहेको अधिकारीहरुले जनाएका छन् ।