मधेश प्रदेशको प्रदेशसभाको नवौं अधिबेशन बिहीबार (आज) बाट शुरु भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौं अधिबेशन प्रारम्भ गर्न पठाएको पत्र पढेर सभामुख सरोजकुमार यादवले नवौं अधिबेशन प्रारम्भ भएको घोषणा गर्नुभयो ।
प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सरुवा बढुवामा राजनीनिक प्रभाव रोकिने बताउनुभयो ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले आइतबार बिदा दिने नेपाल सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत कर्मचारीका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम प्रशिक्षण परिषद्को चौथो बैठकले पारित गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका विषयहरु कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ ।
बिहीबार तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको २१ वर्ष पुगेको छ। २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राज परिवारका आठजनाको हत्या भएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं, जेठ १९ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको घोषणापत्र बमोजिम कार्य गराउन निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बुधबार र बिहीबार धुलिखेलमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निर्वाचनमा विवादित विभिन्न जिल्ला, क्षेत्र र व्यक्ति सम्बन्धनमा छानबिन गर्न समिति गठन गरेको छ। प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले निरञ्जन थापाको संयोजकत्वमा प्रल्हाद साह, श्रीऋषि बाबु परियार र सम्बन्धित प्रदेश प्रमुख रहनेगरी छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो। यसको आवश्यक निर्णयका लागि १५ दिनभित्र सिफारिस गर्नुपर्ने समयावधि तोकिएको छ।भ्रष्टाचार, महंगी र जनजीविका सम्बन्धनमा आन्दोलन परिचालन गर्नसमेत बुद्धिमान तामाङको संयोजकत्वमा समिति गठन गरिने निर्णय भएको उहाँले बताउनुभयो। यसैगरी, आगामी असार ७, ८, र ९ गने केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरिएको श्रेष्ठले बताउनुभयो। यससहित राप्रपाले विभिन्न २० वटा निर्णय गरेको छ।
सुदूरपश्चिम प्रदेश कोरोनामुक्त भएको छ । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएको तीन वर्षपछि सुदूरपश्चिम प्रदेश कोरोनामुक्त भएको हो ।
ज्योति विकास बैंकले नुवाकोटस्थित त्रिशुली शाखाअन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ ।
तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ। दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ।
सिरहाको गोलबजार नगरपालिका –२ टुड्कीया निवासी ज्ञानचन्द्र भन्ने विष्णुदेव साहको शव विहीवार विहान इनारभित्र फेला परेको छ । पत्नीका लागि औषधी लिएर फर्किन्छु भन्दै मङ्गलबार बेलुकी साइकल लिएर बाहिर जानुभएका उहाँ नफर्किनु भएपछि आफन्तले खोजतलास गर्ने क्रममा विहीवार विहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उहाँको शव फेला परेको हो ।
मलेसियामा जुन १७ देखि २५ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको स्मृति दिवसका अवसरमा बिहीबार चन्द्रागिरि नगरपालिका–१, दहचोकस्थित पाँडेको समाधिस्थलमा माल्यार्पण गर्नुभएको छ ।
काठमाडौं, जेठ १९ गते । गायक शिरीष देवकोटा र गायिका रितु कंडेलको स्वरमा नयाँ रोइला (खेली) गीत 'कहाँ हो तिम्रो मावल' सार्वजनिक भएको छ । गीतमा शिरीष देवकोटाकै शब्द एवं संगीत, कृष्ण बि.क (भान्जा)को एरेन्ज रहेको छ । काजिश श्रेष्ठको निर्देशनमा तयार गीतको भिडियोमा अञ्जली अधिकारी र लोमश शर्माको नृत्य एवं अभिनय देख्न सकिन्छ । रोइला गीतबाट ख्याती कमाउनुभएका शिरीषले एक वर्षको अन्तरमा आफ्नो स्वरमा नयाँ रोईला गीत सार्वजनिक गर्नुभएको हो । उहाँका 'खरबारीमा जान्छु, मुठ्ठी लिन्छु टोलाउँछु, पात बजाउँदै बोलाउँछु’, ‘म त आउने थिइनँ, यही चाल होला भन्या भा’, ‘दुर्गा हौ कि भवानी, बढ्दै गा‘को जवानी’, ‘अहिले टारी खेतमा गहुँ नछर तिल छर, माया लाउन मिल्छ र’ जस्ता रोइला गीत निकै चर्चित मानिन्छन् । यस्तै, गीतको भिडियोलाई अजय रेग्मीले खिच्नुभएको हो भने दीपक विष्टले सम्पादन गर्नुभएको हो ।