• १३ साउन २०८१, आइतबार

जहाज दुर्घटना : शव परिवारलाई बुझाइयो

blog

तस्बिरः कविन अधिकारी

काठमाडौं, जेठ १९ गते। तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ। दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ। 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज दुर्घटनामा मृत्यु भएकाको शव त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि बिहीबार परिवारलाई हस्तान्तरण गरिएको छ। 

बुधबार राति पोष्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर बिहीबार मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो। मृतकमध्ये चार भारतीयको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने तथा दुई जर्मन नागरिकको शव त्यस देशतर्फ पठाइने जनाइएको छ। 


आइतबार पोखराबाट उडेको ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। 

उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली, चार भारतीय तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो।