जिल्ला प्रहरी कार्यालय धनुषाले प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले जनकपुरको पिडारी चोकबाट ४९३ बोतल एक्सीप्लाइन नामक लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो ।
नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले चालकहरुले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने बताउनुभयो ।
बाँकेको खजुरामा ठेक्का लिएको साढे पाँच वर्ष बिते पनि १८ सय मिटर सडकको निर्माण कार्य पूरा भएन । ठेकेदारले खजुरा बजारको १८ सय मिटर सडकको निर्माण अधुरो छाडेर अलपत्र पारेका कारण जनतालाई सास्ती भैरहेको गुनासो स्थानीय बासिन्दाले गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सञ्चारकर्मी, पत्रकारसँग मिलेर काम गर्न र यस क्षेत्रको समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकिएको छ ।
राष्ट्रिय गौरवको आयोजनामध्येको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्लाको भूमे गाउँपालिका –१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र परेको छ ।
इराकी अदालतले यहाँका १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो ।
नेपाल आयल निगमले आगामी अङ्ग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजनाअन्तर्गत भर्टिकल ट्याङ्कहरुको निर्माण सुरु गरेको छ ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्नुभएको छ । नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता समेत रहनुभएको भौतिकमन्त्री यादवले आज (शुक्रबार) पदभार ग्रहण गर्नुभएको हो ।
नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको १०१ थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ ।
माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।
बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार समसामयिक राजनीतिक विषयमा मौखिक र लिखित संक्षिप्त प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथि आज छलफल हुँदै छ ।
झापामा अवैध उत्खनन हुन थालेपछि यसलाई नियन्त्रणका लागि स्थानीय तहले अनुगमन तथा कारबाही सुरु गरेका छन् ।
भूकम्पको डरले बाजुराका अधिकांश स्थानीय घर छोडेर त्रिपालको बास गर्दै आएका छन् ।गत मङ्गलबार ५ दशमलव ९ म्याग्नेच्युटकोे भूकम्पले बाजुरावासीलाई त्रिपालको बास गराएको हो ।
बुटवलमा दुई ठूला केबलकारका परियोजना तीव्र रुपमा निर्माण भइरहेका छन् । लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले बुटवलबाट पाल्पाका दुई ऐतिहासिक स्थान नुवाकोट र वसन्तपुरमा लैजानेगरी केबलकार परियोजनाको काम तीव्ररुपमा भइरहेको छ ।